असार ३०, २०७८
पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित चाइनाचोक नजिकैको पहिरो हटाइएको छ ।
हिजो राती नौ बजे सडकमाथिबाट पहिरो झरेर पुरिएको सडकमा रहेका ढुङ्गालाई फुटाएर पन्छाएपछि पहिरो झरेको १९ घण्टामा सडक सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काले बताउनुभयो ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतमा काम गरिरहेको लामा कन्स्ट्रक्सनले बुधवार बिहानैबाट तीन वटा एक्स्काभेटर सहयोगमा सहयोग सुचारु गराइएको हो । अवरुद्ध बाटो सुचारु भएपछि पोखराबाट साबिकको धौलागिरिका चार जिल्लाका लागि छुटेका तथा त्यहाँबाट बाहिरिन लागेका सवारीहरू गन्तव्यमा लागेका छन् । बाटो अवरुद्ध भएको बेलामा पनि मोटरसाईकलहरु भने वैकल्पिक सडकको रूपमा दोबिल्लाबाट शिल्मी हुँदै कुश्मा नगरपालिका–९ कटुवाचौपरीस्थित कुश्मा–ज्ञादी झोलुङ्गे पुलबाट गन्तव्यमा पुगेका थिए ।
चुवाको पहिरो पन्छाएपछि सुचारु भयो मध्यपहाडीको पर्वत खण्ड
असार ३०, २०७८
