पर्वत: धौलागिरी प्रादेशिक अस्पतालको आयोजनामा प्रदेश अस्पताल कुश्मा, पर्वतको आँखा विभागमा भोलि मिति २०८२ साल बैशाख २ गते एकदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ।
शिविर बिहान ८ बजेबाट सुरु भइ बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ। शिविरमा पोखरास्थित हिमालयन आँखा अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरू तथा धौलागिरी प्रादेशिक अस्पतालका विशेषज्ञहरूको संयुक्त टोलीद्वारा आँखा सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूको निःशुल्क जाँच तथा उपचार गरिनेछ।
अस्पताल प्रशासनले यस शिविरमा आँखासम्बन्धी समस्या भएका सबै बिरामीहरूलाई समयमै उपस्थित भई सेवाको लाभ लिन अनुरोध गरेको छ। शिविरमा आँखाको सामान्य समस्यादेखि लिएर जटिल अवस्थासम्मको परीक्षण तथा प्रारम्भिक उपचार सेवा निःशुल्क रूपमा उपलब्ध गराइने जानकारी गराइएको छ।
शिविरको सम्पर्क तथा आवश्यक जानकारीका लागि बिरामीहरूले प्रदेश अस्पताल, कुश्मा, पर्वतस्थित आँखा ओपीडीमा सम्पर्क गर्न सक्ने अस्पतालले जनाएको छ।