बुध, असार ४, २०८२
Wed, June 18, 2025

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

जेष्ठ ७, २०८२

काठमाडौं : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यी मौसमी प्रणालीकोप्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका थोरै र देशका बाँकी भूभागकोकेही  स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

राति कोशी, मधेश, गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive