मङ्ल, अशोज २१, २०८२
Tue, October 7, 2025

पर्वतका कम्युनिष्ट नेता पौडेलको निधन

असार ९, २०८२

पर्वत : नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कार्यालय पर्वतले पार्टीका वरिष्ठ नेता, शैक्षिक अभियन्ता तथा सामाजिक प्रेरणाका श्रोत गणेश शर्मा पौडेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारी घर हुनुभएका पौडेलेको आइतबार राती निधन भएको हो । फोक्सोको क्यान्सरबाट पीडित हुनुभएका पौडेल गत बर्ष समेत गम्भीर बिरामी हुनुभएको थियो । उहाँको निधनमा पार्टीले एक शोक विज्ञप्ति जारी गर्दै पर्वत जिल्लाको कम्युनिस्ट आन्दोलनलाई संस्थागत गर्दै समाज परिवर्तनको दीर्घकालीन सपना देख्ने अग्रणी व्यक्तित्वको रूपमा पौडेलको योगदान सदैव स्मरणीय रहने जनाएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार उहाँले लामो समयसम्म नेकपा (एमाले) को संगठन निर्माण, जनजागरण र शैक्षिक क्षेत्रको सुदृढीकरणमा समर्पित जीवन बिताउनुभएको थियो । पूर्व प्रधानाध्यापकका रूपमा कार्यरत पौडेल नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका अध्यक्ष तथा केन्द्रीय सदस्य समेत रहनुभएको थियो । २०४६ सालको ऐतिहासिक परिवर्तनकालीन शिक्षण आन्दोलनमा उहाँको सक्रिय भूमिका रहेको स्मरण गर्दै पार्टीले उहाँलाई प्रेरणादायी व्यक्तित्वको रूपमा चिनाएको छ । पार्टी अध्यक्ष गोविन्द पहाडीद्धारा हस्ताक्षरित विज्ञप्तिमा पौडेलको निधनले पार्टी, समाज र शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।
साथै, उहाँको सामाजिक क्रान्तिको सपना, इमानदार जीवनशैली र जनसेवाको भावना आजका पुस्ताका लागि मार्गदर्शक हुने भन्दै उहाँप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गरिएको छ । शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै नेकपा (एमाले) पर्वतले उहाँले देखाएको बाटोमा पार्टीले अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

८२ वर्षीय पौडेलको निधनले पर्वत जिल्लामा शोकको वातावरण छाएको छ। वि.सं. २००० माघ १३ गते जन्मिएका पौडेलले तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले) पर्वतको संस्थापक सदस्यको रूपमा जिल्लामा वामपन्थी राजनीतिक चेतनाको जग बसाल्न अहम भूमिका खेलेका थिए। उनी दीर्घकालीन राजनीतिक, शैक्षिक र सामाजिक योगदानमार्फत जिल्लाभरि सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive