शनि, माघ १०, २०८२
Sat, January 24, 2026

‘आफूलाई प्रमाणित गर्न पढ्नुस, सुन्नुस र मिहिनेत गर्नुस्’

असार १०, २०८२

काठमाडौं : ‘एसइईको नतिजाले तपाईंको सिंगो भविष्यको निर्धारण गर्दैन्’, शिक्षण अस्पताल महाराजमा कार्यरत डाक्टर मिलन गैह्रेको अनुभव हो यो। उनका अनुसार हाम्रो भविष्य हाम्रो मिहिनेत र इच्छाशक्तिको जोडले निर्माण गर्छ। उनी कुनै बेला क्रिकेटर बन्न चाहन्थे। तर समयले आफूलाई डाक्टरी पेशातर्फ डोर्याएको उल्लेख गरे। उनी भन्छन्, ‘हरेक व्यक्ति जिन्दगीमा जे पेशा वा व्यवसायमा लागे पनि हुन्छ। तर तपाईं के बन्ने भन्ने कुरा स्पष्ट हुनुपर्छ।

एसइई दिएर बसेका धेरै बालबालिकाहरूले आफ्नो करियर र पढाईका बारेमा के गर्ने भन्ने अन्यौलमा रहे पनि उनीहरूको रूची र इच्छाशक्तिलाई लिएर उनीहरूका अभिभावकले मार्ग देखाउनुपर्ने उनले बताए। ‘म के बन्न चाहन्छु भन्ने मुख्य कुरा हो। बाहिरी दुनियाँको कुराभन्दा पनि आफूलाई बुझ्नुस। कुनै पनि परीक्षाको अंकले तपाईंलाई समाजमा सम्मानित व्यक्तित्व बन्नबाट रोक्न सक्दैन’, उनले भने। आफू कुनै पनि विषयमा फोकस नभएसम्म सम्मानजनक उपलब्धि हासिल हुन नसक्ने उनको बुझाइ छ। ‘संसारका कुनै पनि सफल व्यक्तिले सजिलै सफलता हासिल गरेको होइनन्। उनीहरूले धेरै पसिना बगाएका छन्। अरूबाट अपेक्षा नगर्नुस तर, मिहिनेत गर्नुस्। करियर गर्न ढिलो नगर्नुस। जिन्दगीमा उतारचढाव आउँछन् ।

उतारचढाव हुँदैमा जिन्दगीको लयलाई नबिगार्नुस्’,उनको सुझाव छ। व्हाइट हाउस कलेजले आयोजना गरेको ‘करियर ट्युन-२०२५ भाइव, लर्न लिड’ प्यास टु प्रोफेसन सेसनमा बोल्दै अर्को वक्ता  खल्ती एपका सिइओ विनय खड्काले विद्यार्थीले  जे विषय पढ्दा पनि हुने बताउँछन्। अध्ययन पश्चात् भविष्यमा बन्ने अंगाल्ने पेशाले आफूलाई सन्तुष्ट बनाउन सक्छ कि सक्दैन भन्ने कुरा मुख्य रहेको उल्लेख गरे। ‘पढाइ तपाईँको यात्रा हो। यात्राले सहि गन्तव्य निर्धारण गर्न पढाइ मात्र होइन। आफ्नो रहर, मिहिनेत र इच्छाशक्ति पनि ठूलो महत्व हुन्छ’, उनले करिब दुई हजार विद्यार्थीहरूलाई साक्षी राखे भने। जिन्दगीमा विभिन्न खेलहरू हुने भन्दै जिन्दगी सय मिटरको खेल जस्तो नभएको जिकिर गरे।

‘जिन्दगी लामो म्याराथन हो। यसमा तपाईं भित्रदेखी नै तयार हुनुपर्छ। करियरसँग रिस्क लिनुपर्छ। जति तपाईंले गरेको मिहिनेतले नै तपाईंको सफलताको मापन गर्छ।’ अर्का वक्ता कलाकार तथा युवा उद्यमी सन्जोक कोइरालाले सबैभन्दा पहिले विद्यार्थीहरूले आफ्नो रहरको बारेमा बुझ्न जरुरी रहेको बताए। ‘पढाइ ठिकै भए पनी संसारमा बाँच्न सकिन्छ। तर, आफूलाई प्रमाणित गर्नुछ भने आफूलाई सुन्नुस्। पढ्न्नुस् र मिहिनेत गर्नुस्’, उनले भने।

जिन्दगीलाई खुसी बनाएर बाँच्ने हो। तर, जिन्दगीलाई लिएर कन्फ्युज्ड नहुन उनको सल्लाह छ। कसैलाई मिडियापर्सन र कलाकार बन्न मन छ भने गाली र ताली सहन सक्नुपर्छ। तपाइको नेचरअनुसारको पेशा अगाल्नुपर्छ। अर्को कुरा कुनै पनि व्यवसायले सबैकुरा एकैपटक दिँदैन। यसका लागि मानसिक रूपमा तयार हुनुपर्छ’, उनले विद्यार्थीहरू सामु भने।​ राजनितीज्ञ तथा ह्वाइट कलेजका सिइयो मिलन पाण्डेले कुनै पनि विद्यार्थीले साथीहरूको लहैलहैमा आफ्नो पढाइ बिगारेको आफूले देखेको अनुभव सुनाए। ‘आफूलाई एउटा विषयमा रूची रहे पनि साथीहरूको लहैलहैमा उनीहरूले नै पढेको विषय पढेको धेरै स्थानमा देखेको छु। यसले व्यक्तित्व विकास गर्न सहज हुँदैन’, उनले भने।

एसइई दिएर बसेकालाई के गर्ने भन्ने कुरा सबै थाहा नहुन सक्छ। तर, तपाईं केमा रमाउहुन्छ भन्ने कुरा मुख्य रहेको उनले बताए। अहिले विद्यार्थीहरूले तीन कुराहरू जान्नै पर्ने उनले बताए। ‘इनोभेसन, टेक्नोलोजी र स्किल’ अहिलेको मुख्य आधार रहेको उनको बुझाई छ। ‘अहिले धेरै नम्बर ल्याएर मात्र कुनै पनि विद्यार्थीको करियर उच्च हुन्छ भन्ने हुँदैन। यदि अध्ययन सँगसँगै कुनै पनि विद्यार्थीसँग सिर्जनाशक्ति, प्राविधिक साक्षरता, सीप र नविन सोच राख्न सक्ने खुबी छ भने उसले सफलता हात पार्न सक्छ’, उनले भने।

हरेक व्यक्तिले व्यक्तित्व विकास गर्न नै यी तीन चीज कुरालाई अहिले जसरी पनि अंगाल्न पर्ने उनको बुझाई छ। कार्यक्रममा बोल्दै कोड हिमालयका सिइयो स्मरण दुवाडीले जेनजी पुस्ताले समयानुसार धेरै मिहिनेत गर्नुपर्ने जिकिर गरे। प्रतिकूलताबाट अवसर खोज्ने नयाँ पुस्ताले आफ्नो लक्ष्य निर्धारण गरिसकेपछि उद्देश्य प्राप्तिका लागि लगातार मिहिनेत गर्नुपर्ने उनले स्पष्ट पारे। ‘आइटीमा धेरै अवसर छ र चुनौती पनि छ। अहिलेका पुस्ता विश्वका अन्य देशका युवाहरूसँग प्रतिस्पर्धा गर्न सक्षम छन्, उनले भने।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive