शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित

साउन २, २०८२
पर्वत : पोखरामा लामो समयदेखि क्रियाशील पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मान पत्र तथा नगद १५ हजार सहित सम्मानित भएका छन्।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित तथा नेपाल मगर पत्रकार सङ्घ कास्कीद्वारा संरक्षित पुरस्कारद्वारा बिहीबार पोखरामा पत्रकार श्रीषमगर सम्मानित भएका हुन्। कार्यक्रममा बोल्दै सम्मानित श्रीषमगरले पुरस्कारले आफूलाई खुसी दिलाउनुका साथै जिम्मेवारी थपिएको अनुभव भएको बताए।
सांस्कृतिक र संस्कार मगर समुदायको पहिचान भएकालाई संस्कारलाई जोगाउनु नयाँ र पुराना पुस्ताले विशेष ध्यान दिनु आवश्यक रहेको उनको भनाई छ। पुरस्कार प्राप्त गर्ने उद्देश्यले आफू यो पेसामा प्रवेश नगरेको उनको भनाई थियो। यो पेसामा कसरी मगर समुदायका व्यक्ति र नयाँ पुस्तालाई टिकाइराख्ने भन्ने योजना बनाएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेकोमा उनले कार्यक्रममा जोड दिएका छन्।
हाल मगर र गुरुङ भाषालाई गण्डकी प्रदेश सरकारले कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय गरेकाले समुदायगत रूपमा समेत यो विषयलाई चासो दिनुपर्ने बताएका छन्। मगर र गुरुङ समुदायले यो निर्णय लागू गरेर अगाडि बढ्न सके भाषा संरक्षण हुनेमा उनको जोड थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका युवा खेलकुद तथा सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्ने विधेयक पास भएता पनि समुदायगत रूपमा समेत सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।
‘कामकाजी भाषाका रूपमा मगर र गुरुङ समुदायको भाषालाई ऐनका रूपमा ल्याइरहँदा कार्यान्वयन केही पेचिलो बन्न सक्छ, त्यसमा समुदायले प्रदेश सरकारलाई सकेको सहयोग गर्नुपर्छ।’ मन्त्री थापाले भने।
मगर र गुरुङ समुदायका फरक–फरक लिपी भएका जानकारी आएकाले कुन सहज हुन्छ भन्ने विषयमा समुदायले नै सुझाव दिनुपर्ने उनले कार्यक्रममा बताए। सरकारी रूपमै कामकाजी भाषाका रूपमा लागू भइसकेपछि समुदायगत रूपमा लोप हुन लागिसकेको मगर र गुरुङ भाषाको संरक्षणमा केही हदसम्म टेवा पुग्ने उनको भनाई थियो। भाषा सम्बन्धी विधेयकलाई स्याङ्जा, तनहुँ लगायतका जिल्लामा पुगेर समुदायगत रूपमा बुझेर नै आफूहरूले ऐनको रूपमा पास गरेको उनले बताएका छन्।
नेपाल मगर सङ्घका सांस्कृतिक विभागका उपप्रमुख तथा पुरस्कारदाता हर्क आलेले कौराहाको संस्कारलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले पुरस्कार स्थापित गरिएको बताए। मगर संस्कृतिलाई संरक्षण गर्न सबैले आआफ्नो स्थानबाट योगदान पुु¥याउनुपर्नेमा उनको जोड थियो। मगर संस्कार र संस्कृतिको क्षेत्रमा योगदान प¥याएका व्यक्तिलाई यो पुरस्कार प्रदान गर्नु आफूहरूको उद्देश्य रहेको उनको भनाई छ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापालाई मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ गण्डकी प्रदेशबाट सर्वसम्मतले पारित भएको अवसर पारेर सम्मान समेत गरिएको छ। कार्यक्रममा मिस मगर नेपाल २०२४ का विजेतालाई समेत सम्मान पत्रसहित सम्मान गरिएको छ।
२०७५ सालमा स्थापना भएको पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), ‘एमबी आस्था’ (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारू मगर (पाल्पा) र शारदा झेंडी मगर (नवलपुर) पुरस्कृत भइसकेका छन्।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive