बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

पाङमा खुल्ला तीज गीत प्रतियोगिता आयोजना हुने

साउन २५, २०८२

पर्वतको कुश्मा नगरपालिका–१ पाङमा पनि महिला दिदीबहिनीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा पाङ युवा क्लबको आयोजनामा आगामी भाद्र १० गते खुल्ला तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ ।

लाखे लगाउने डाँडा (पार्वती चौर)मा हुने उक्त कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारका प्रस्तुति रहनेछ भने लाखे नाचको विशेष प्रस्तुति पनि प्रस्तुत गरिनेछ । प्रतियोगितामा प्रथम हुने समूहलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई पाँच हजार, सान्त्वना पुरस्कारको रूपमा तीन हजार र उत्कृष्ट नृत्यका लागि दुई हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा सहभागिताका लागि एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको क्लबले जनाएको छ ।

दर्ता भदौ ६ गतेसम्म खुला रहनेछ । क्लबले कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै तह तथा तप्काबाट सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरेको छ । उक्त प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकाहरुका सांगितिक प्रस्तुतीहरु समेत रहने क्लबका अध्यक्ष जयराम सुवेदीले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive