मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026

रेडक्रस दिवसमा सार्वजनिक मा.वि.मा हाजिरी जवाफ प्रतियोगिता

भदौ १९, २०८२
पर्वत : नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा कुश्मा नगरपालिका–९ कटुवाचौपारीको सार्वजनिक माध्यमिक विद्यालयमा अन्तरसदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
दिवसको  अवसरमा विभिन्न कार्यक्रमहरू गर्ने विगतको अभ्यासलाई निरन्तरता दिँदै यस वर्ष पनि प्राथमिक तह र माध्यमिक तहमा गरेर दुई भागमा प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी कटुवाचौपारी उपशाखाका सभापति केशवदास वैरागीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी विद्यार्थीहरूबाट विद्यालय हाताको सरसफाइ समेत गरिएको छ ।
कार्यक्रममा बोल्दै उपशाखाका सभापति वैरागीले रेडक्रसका सिद्धान्तहरूको बारेमा बालबालिकाहरू सानैबाट प्रशिक्षित हुन सकेमा प्रौढ उमेरमा पनि मानवीय सेवामा लाग्न सहयोग पुग्ने बताउनुभयो । पवित्र मनबाट गरिने ऐच्छिक सेवा मानव धर्मको माथिल्लो चरण भएको बताउँदै उहाँले विद्यार्थीहरूमा सहयोगी भावनाको विकास गराउन पनि विद्यालयहरूमा जुनियर रेडक्रस सर्कलको आवश्यकता रहेको उहाँको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक उपाध्यायका अनुसार दिवसको अवसर पारेर विद्यार्थीहरूले आर्थिक सहयोग तथा सामाजिक कामहरूको लागि सहयोग सङ्कलन समेत गरेका छन् । समस्यामा परेका व्यक्तिहरूलाई आवश्यक सहयोग गर्न तथा विद्यालयमा रेडक्रसका गतिबिधिहरुलाई निरन्तरता दिन समुदायका विभिन्न व्यक्तिहरूसँग पुगेर चलाइएको अभियानमा ११ हजार तीन सय ५५ रुपैयाँ सङ्कलन भएको छ । कार्यक्रममा विद्यालयका शिक्षकहरू, युवा रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीहरू सहित अन्य विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive