बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

असोज एक गते कुश्माका विद्यालयबिच वक्तृता प्रतियोगिता हुँदै 

भदौ २१, २०८२
पर्वत : विद्यालय स्तरमा विद्यार्थीको प्रतिभा र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कुश्मा नगर समितिको आयोजनामा कुश्मा नगरपालिका स्तरीय अन्तर विद्यालय वक्तृता प्रतियोगिता हुने भएको छ ।
आगामी २०८२ साल असोज एक गते हुने प्रतियोगिता कुश्मा नगरपालिका–११ स्थित विश्वज्योति माध्यमिक तथा व्यावसायिक विद्यालयमा बिहान १०ः३० बजे सुरु हुने छ । प्रतियोगितामा कुश्मा नगरभित्रका विभिन्न माध्यमिक तहका विद्यालयहरूबाट कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूमध्येबाट एक विद्यार्थी सहभागी हुनेछन् ।  प्रतियोगितामा उत्कृष्ट वक्तृता प्रस्तुत गर्ने विद्यार्थीलाई आकर्षक पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
पहिलो पुरस्कार स्वरूप नगद ३५ सय रुपैयाँसहित प्रमाणपत्र, दोस्रो पुरस्कार अन्तर्गत नगद २५ सय रुपैयाँसहित प्रमाणपत्र, तेस्रो पुरस्कारको रूपमा नगद १५ सय रुपैयाँसहित प्रमाणपत्र तथा सान्त्वना पुरस्कारतर्फ नगद एक हजार  रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ ।
वक्तृताको लागि दुई वटा शीर्षकहरू आगामी भदौ ३० गते कुश्मा नगरपालिकाका प्रधानाध्यापकहरूको म्यासेन्जर समूहमा उपलब्ध गराइने सङ्गठन कुश्मा नगर समितिका सचिव दामोदर पौडेलले जानकारी दिनुभयो । प्रतियोगिता हुँदाको दिनमा गोला प्रथाबाट जुन शीर्षक पर्छ, विद्यार्थीले सोही शीर्षकमा नै आफ्नो प्रस्तुति दिनुपर्ने छ । प्रतियोगितामा विद्यालयबाट सहभागी हुने विद्यार्थीहरूको नाम र विवरण समयमै पेस गर्न विद्यालयहरूलाई अनुरोध गरिएको छ ।
कुश्मा नगरपालिका जस्तै गरी जिल्लाका अन्य छ वटा स्थानीय तहहरुमा पनि प्रतियोगिता सञ्चालन गरिने सङ्गठन पर्वतका अध्यक्ष सुरेन्द्र शर्मा गौतमले बताए । स्थानीय तहबाट छनोट भएका दुई/दुई जना विद्यार्थी गरी १४ जना विद्यार्थीहरुबीच जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुने र त्यहाँबाट उत्कृष्ट हुने विद्यार्थीलाई सङ्गठनको जिल्ला समितिले प्रदेश स्तरीय प्रतिस्पर्धामा पठाइने गौतमको भनाइ छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive