बुध, माघ २८, २०८२
Wed, February 11, 2026

गुप्तेश्वर क्याम्पसमा भदौबाट सेमेस्टर प्रणालीमा डिग्री पढाई हुने

साउन ७, २०७८

संजय रेग्मी
साउन ७, २०७८
पर्वत : पर्वत जिल्लामा नै पहिलो पटक सदरमुकाम कुश्मा बजारमा रहेको गुप्तेश्वर वहुमुखी क्याम्पसले आउँदो भदौ १६ गतेबाट सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने भएको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्रास्त सामुदायिक क्याम्पसको रुपमा रहेको क्याम्पसले त्रिभुवन विश्वविद्यालयको कार्यक्रम अनुसार भर्ना खुलाउने र सोही अनुसार कक्षा सञ्चालन गरेको बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। क्याम्पसले एमबीएसको कक्षा सञ्चालनको लागि अनुमति पाएको हो।
पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस प्रमुख सुवास पन्तले २०४८ सालमा स्थापना भएको क्याम्पसले ढिलै भए पनि जिल्लामा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्नु खुसीको कुरा भएको बताउँदै क्याम्पसले गुणस्तरीय शिक्षामा ध्यान दिने बताए। एमबीएस कक्षा सञ्चालनको लागि क्याम्पसमै रहेको अनुभवी जनशक्ति सहित नयाँ स्वादको लागि एम.फिलसम्मको अध्ययन गरेका प्राध्यापकहरुलाई पनि जोड्न लागिएको उनको भनाई छ। कोरोना कहरको वर्तमान अवस्थामा विद्यालयमा नै उपस्थित हुने वातावरण नरहेकोले क्याम्पसले विद्यार्थीको चहाना अनुसार अनलाईनमार्फत पनि कक्षा सञ्चालन गर्ने क्याम्पस प्रमुख पन्तको भनाई छ।
कार्यक्रममा बोल्दै आर्थिक उपसमितिका संयोजक कमलनाथ पोखरेलले स्नातकोत्तर तह सञ्चालनको लागि कम्तीमा पाँच करोड रुपैयाँको अक्षयकोष राखेर त्यसबाट आउने ब्याजलाई प्रयोग गर्ने तयारी थालिएको जानकारी दिए। आर्थिक सहयोगका लागि स्थानीय तहहरुसँग पनि कुराकानी भइरहेको बताउँदै उनले स्थानीय सरकारबाट एक करोड, विदेशमा रहेका नेपालीबाट दुई करोड, पूर्व विद्यार्थीहरुबाट ५० लाख र धार्मिक महायज्ञबाट दुई करोड उठ्ने लक्ष्य राखिएको पोखरेल बताउँछन्।
यस्तै क्याम्पस सञ्चालक समितिका अध्यक्ष बसन्त कुमार कर्माचार्यले क्याम्पसमा शौक्षिक रुपमा थुप्रै कुराहरुमा सुधार गर्न आवश्यक रहेको नागरिकले बताएजस्तै आफूहरुले पनि महशुस गरेको बताउँदै क्याम्पसले गुणस्तरको आधारमा नै विद्यार्थी आउँछन भन्ने कुरामा विश्वास गरेको बताए। त्रिभुवन विश्वविद्यालयले विश्वास गरेर गुप्तेश्वरलाई अनुमति दिनु खुसीको कुरा भएको भन्दै उनले पर्वत जिल्ला शिक्षामा अगाडी भए पनि उच्च शिक्षामा भने तल परिरहेको उनको भनाई छ। छिमेकी जिल्ला बागलुङ र म्याग्दीमा अगाडिबाट नै डिग्री तहको कक्षा सञ्चालन भएको भए पनि पर्वतमा नहुनु दुःखद रहेको कर्माचार्यको भनाई छ। क्याम्पसकोक लागि पाँच करोडको कोष बनाउने र त्यसलाई अन्तराष्ट्रिय प्रचलन अनुसार सञ्चालन गरेर दुरुपयोग हुन नदीने उनले बताए। त्यसका लागि सबै स्थानीय तहहरुसँग समन्वय भइरहेको कर्माचार्य बताउँछन्। एम.फिल वा पि.एच.डि गरेका कम्तीमा पनि दुई जनालाई स्थायी रुपमा राख्न सकेमा क्याम्पसले गुणस्तर प्राप्त गर्न सहज उनको भनाई छ। केही वर्षमा छात्रावास समेत निर्माण गर्ने योजनामा आफूहरु रहेको बताउँदै अध्यक्ष कर्माचार्यले स्नातकोत्तर तहलाई प्रबिधिमा आधारित बनाउने उल्लेख गरे।
पत्रकार सम्मेलनमा आर्थिक तथा भौतिक अवस्था, भावी कार्यक्रम, स्नातकोत्तर कक्षालाई कसरी व्यवस्थापन गर्ने? लगायतका विषयमा छलफल भएको थियो।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive