पर्वत : नेपालीहरुका चाडपर्वहरु विजया दशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर रोट्र्याक्ट क्लब अफ पर्वतले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
रोट्र्याक्ट क्लब अफ पर्वतका पदाधिकारी तथा सदस्यहरुले कुश्मा ज्ञादी झोलुङ्गे पुल सहित आसपासको क्षेत्रमा सरसफाई गरेका हुन् । पुल वरपर घाँसको झाडीले मानिसहरु आवतजावत गर्न कठिन भइरहेको अवस्थामा क्लबले आफ्नो सामाजिक जिम्मेवारी अन्तर्गत सरसफाई गरेको हो । दसैँको बेलामा मानिसहरुको आवतजावत बढी हुने र पुलको प्रयोग पनि बढी हुने तर झाडीका कारण यात्रु तथा सवारीहरुलाई कठिन भएको गुनासोपछि क्लबका पदाधिकारीहरु सहितको टोलीले शनिवार सरसफाई कार्यक्रमको आयोजना गरेको हो । सरसफाई कार्यक्रममा क्लबका अध्यक्ष, निवर्तमान अध्यक्ष तथा बोड पदाधिकारीहरुको पनि उपस्थित रहेको थियोे ।
सक्रिय युवाहरुको सक्रियतामा सञ्चालनमा रहेको क्लबले सामाजिक सेवाका क्षेत्रमा कामहरु गर्दै आइरहेको छ । सरसफाईदेखि विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने, बिरामी भएर उपचारमा समस्यामा रहेकाहरुलाई अभियान सञ्चालन गरेर आर्थिक सहयोग गर्ने, ट्राफिक प्रहरीसँगको समन्वयमा सवारी नियमहरुको कार्यान्वयनमा सघाउ पु¥याउने लगायतका क्रियाकलापहरु पनि क्लबले सञ्चालन गर्दै आइरहेको छ ।
रोट्रयाक्ट क्लबद्धारा कुश्मा–ज्ञादी पुल क्षेत्रमा सरसफाई
अशोज १३, २०८२
