मङ्ल, अशोज २१, २०८२
Tue, October 7, 2025

सुरक्षित र सुव्यवस्थित रूपमा चाड मनाऔँ : पर्वत प्रशासन

अशोज १३, २०८२

पर्वत : विजया दशमी, शुभ–दीपावली, नेपाल संवत र छठलगायतका चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय, पर्वतले जिल्लावासीलाई शान्तिपूर्ण, सुरक्षित र सुव्यवस्थित रूपमा चाडपर्व मनाउन अनुरोध गर्दै विशेष सूचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले हस्ताक्षर गर्नुभई सार्वजनिक गरिएको उक्त सूचनामा चाडपर्वका अवसरमा धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावलाई मजबुत बनाउन र आपराधिक गतिविधिहरूलाई रोकथाम गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ । प्रशासनले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना नगर्न, कालोबजारी, मुनाफाखोरी र गुणस्तरहीन वस्तु बिक्री वितरण नगर्न चेतावनी दिएको छ । स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले उपयुक्त वस्तु मात्र प्रयोग गर्न र सरकारी निकायद्वारा परीक्षण गरिएका वस्तु खरीद गर्न उपभोक्तालाई आग्रह गरिएको छ ।
साथै, अमर्यादित, जातीय वा सामाजिक सद्भावमा खलल पु¥याउने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा त्यस्तो कार्यमा संलग्न भए कानूनी कारबाही हुने प्रष्ट पारिएको छ । यातायात व्यवस्थापनतर्फ प्रशासनले सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न चालक तथा यात्रुलाई सचेत गराएको छ ।
चाडपर्वका नाममा आतिशबाजी, भुइँचालामा हानिकारक हुने विष्फोटक पदार्थको बिक्री वितरण र प्रयोग नगर्न समेत सूचनामा उल्लेख गरिएको छ । भीडभाडका कारण दुर्घटना हुन नदिन सडकमा सचेत रहन र यात्रामा विशेष सुरक्षा सतर्कता अपनाउन पनि प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई उल्लासमय, शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन सबैलाई आह्वान गर्दै सूचनामा उल्लंघन भए कानूनी कारबाही हुने चेतावनी दिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive