बुध, अशोज २२, २०८२
Wed, October 8, 2025

ठूलीपोखरीमा भत्ता सहित शुभकामना आदानप्रदान र खर्च सार्वजनिक

अशोज १३, २०८२

कुश्मा : पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरी वडा कार्यालयले विजया दशमी तथा दीपावलीको अवसरमा वडाबासीहरुसँग शुभकामना आदानप्रदान सहित सामाजिक सुरक्षा भत्ता वितण गरेको छ ।
चाडबाड मनाउन आर्थिक व्यवस्थापनको आसामा बसेका ज्येष्ठ नागरिकहरुलाई चालु आर्थिक वर्षको पहिलो त्रैमास अन्तर्गत साउन, भदौ र असोज महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष झलक रिमालले बताउनुभयो । शनिवार वडा कार्यालयमा आयोजना भएको कार्यक्रममा वडा बासीहरुबीच एक अर्कामा शुभकामना आदानप्रदान सहित भत्ता वितरण भएको हो ।
सामाजिक सुरक्षा भत्ता पाउन योग्य रहेको एक सय ५० जना लाभग्राहीहरुलाई भत्ता वितरण गरिएको हो । सोही अवसरमा वडाका तर्फबाट चालु आर्थिक वर्षको तीन महिनामा गरिएको खर्चका विवरणहरु सार्वजनिक गरिएको छ । कुश्मा नगरपालिकाको तर्फबाट वडामा गएको ३८ लाख रुपैयाँको विवरणहरु नागरिकहरुमाफ प्रस्तुत गरिएको वडाध्यक्ष रिमालले बताउनुभयो ।
भ्रष्टाचारको अन्त्य गरी पारदर्शी कामको अभियानमा आफूहरु रहेको भन्दै उहाँले नगरपालिकाबाट कृषि, स्वास्थ्य, शिक्षा, विद्युत, सडक लगायतका शिर्षकमा प्राप्त भएको भैपरी शीर्षकको खर्च विवरणहरु नागरिकहरुमाझ सार्वजनिक गरिएको बताउनुभयो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive