बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

समाजसेवी रिजालद्धारा विद्यार्थीलाई शैक्षिक र कृषि सामग्री वितरण

कार्तिक १६, २०८२

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ घर भई हाल पोर्चुगल निवासी समाजसेवी रामचन्द्र रिजाल तथा पवित्रा रिजालका छोरा वसुनन्दन रिजालले जन्म दिनको अवसरमा गरिने फजुल खर्च घटाएर पाङ युवा क्लबद्वारा गठित क्रियटिभ बाल क्लबमा आबद्ध साथीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भने बमोजिम पाङ युवा क्लबले एक कार्यक्रमका बिच उक्त सामग्री वितरण गरेको छ ।
टनेल निर्माण, बिरुवा उत्पादन, वृक्षारोपण तथा सरसफाइमा सक्रिय रहँदै आएका ४० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्रीका साथै प्लास्टिक थैली र बीउ पनि वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पाङका वडाध्यक्ष खगराज पौडेलले रामचन्द्र रिजालले पाङ क्षेत्रमा पु¥याउनु भएको योगदानको चर्चा गर्नुभयो । साथै सबैले मिनी नर्सरी स्थापना गरी पाङलाई समुन्नत बनाउन पाङ युवा क्लबसँगै रहने र आवश्यक सहयोग गर्न सधैँ तत्पर रहेको बताउनुभयो । निवर्तमान वडाध्यक्ष देवेन्द्रप्रसाद सुवेदीले जन्मोत्सवको अवसरमा हामी सबै यसरी नै नवीन कार्यमा लाग्नुपर्ने तथा रामचन्द्र रिजालले विदेशमा रहेर पनि स्वदेशप्रति देखाउनुभएको मायालाई आत्मसात् गर्दै पाङ युवा क्लबको कार्यप्रति आफू निकै खुसी भएको बताउनुभयो ।
कार्यक्रममा पाङ धैरनी मा वि का प्रधानाध्यापक गुणराज पौड्यालले रामचन्द्र रिजालले धैरनी माध्यमिक विद्यालयमा अतुलनीय योगदान दिनुभएको तर उहाँले गरेअनुसार पछ्याउन नसकेको बताउँदै विद्यालय परिवारलाई जागरूक बनाउन निरन्तर सहयोग गर्नुभएको बताउनुभयो । विवाह, व्रतबन्ध, जन्मदिन, श्राद्ध तिथिमा समेत आर्थिक सहयोग गरेर शैक्षिक उन्नयनमा महत्त्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । पाङ युवा क्लबले पाङ धैरेनी माध्यमिक विद्यालयको परिसरमा निर्माण गरेको टनेललाई व्यवस्थित गर्नको लागि विद्यार्थी शिक्षकलाई अनुरोध गर्दै पाङ युवा क्लबको कार्यलाई खुलेर प्रशंसा गर्नुभयो । कार्यक्रमका अध्यक्ष तथा क्लबका अध्यक्ष जयराम सुवेदीले वसुनन्दन रिजालको यो अनुकरणीय कार्यलाई सबैले सिको गर्नुपर्ने बताउनुभयो ।
पाङ युवा क्लबका हरेक परोपकारी कार्यमा खुलेर सहयोग गर्नुहुने रामचन्द्र रिजाललाई धन्यवाद दिँदै क्रियटिभ बाल क्लबका भाइबहिनीहरूले पढाइसँगै समाजमा केही अनुकरणीय कार्य गरी भविष्यमा पाङ युवा क्लबको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । नुवार सुवेदीथर माध्यमिक विद्यालयका विपिन सुवेदीले क्लबले हामीलाई यस्ता कार्यमा जोडेर असल कार्यमा जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । वडा कार्यालय परिसरमा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव टेक बहादुर परियाले गर्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive