बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्वत जेसिजको आयोजनामा वक्तृता प्रतियोगिता सम्पन्न

कार्तिक ३०, २०८२
पर्वत : पर्वत जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रमको रूपमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
“सीप र सम्भावना ः नयाँ युगको सुरुवात” विषयमा भएको प्रतियोगितामा कुश्माको आदर्श आवासीय माध्यमिक विद्यालयका शुभम पौडेल प्रथम, नारायण माध्यमिक विद्यालयका सन्तोष पौडेल द्वितीय नमुना आवासीय मा.वि.की सजता गिरी तृतीय र काफलचौर माध्यमिक विद्यालय दुर्लुङका अभिषेक गिरी सान्त्वना स्थानमा आएका छन् ।
विजेता बनेका विद्यार्थीहरूले पुरस्कारका रूपमा क्रमशः छ हजार, तीन हजार र दुई हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका निजी सचिव, मन्त्रिपरिषद्को कार्यालय तथा  नेपाल सरकारका उप–सचिव राजेन्द्र बहादुर क्षेत्रीले विद्यार्थीमा रहेको क्षमता पहिचान गर्न तथा उनीहरूको क्षमतामा निखार ल्याउन जेसिजले आयोजना गरेको कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । विद्यार्थीहरूलाई कक्षाकोठाको औपचारिक अध्ययनमा मात्रै सीमित गर्दा उनीहरूका अन्य क्षमताहरूले खुल्ने मौका नपाउने भएकाले पर्वत जेसिज आयोजना गरेको जस्तै प्रतिस्पर्धात्मक कार्यक्रमको आयोजना गरिनुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष सुरेन्द्र के.सी., नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, पर्वत जेसिजको अध्यक्षीय क्लबका अध्यक्ष निर्मल विश्वकर्मा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र विद्यार्थीहरू सहित जेसिजका पूर्व तथा वर्तमान पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै साताव्यापी कार्यक्रमका मूल संयोजक शर्मिला शर्माले युवा नेतृत्व, सीप विकास र समुदाय सेवा केन्द्रित पर्वत जेसीज सप्ताह–२०२५ को अवसरमा कार्यक्रमको आयोजना गरिएको बताइन् । जेसिजका कार्यक्रमहरू  योजनाबद्ध र व्यवस्थित ढङ्गले सफलतापूर्वक अघि बढिरहेको भन्दै उनले आफ्ना कार्यक्रमहरूले सकेसम्म समुदायका हरेक पक्षलाई छुने र सहयोग गर्ने प्रयास गरिरहेको बताइन् ।
कार्यक्रमको सञ्चालन पर्वत जेसिजका महासचिव प्रवेशराज पुरीले गरेका थिए भने स्वागत मन्तव्य कानुनी सल्लाहकार अमृत प्रसाद पोखरेलले राखेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलले अतिथि, विद्यालय, प्रेस, सहभागी विद्यार्थीप्रति आभार व्यक्त गर्दै जेसीज सप्ताह कुनै साधारण कार्यक्रम नभई युवाको सीप, व्यक्तित्व र नेतृत्व उदयको साझा उत्सव भएको बताए । यस्ता कार्यक्रमले युवालाई अभिव्यक्ति मात्र नभई दिशानिर्देश र भविष्य निर्माणतर्फ अघि बढ्ने प्रेरणासमेत प्रदान गर्ने उनको भनाइ छ । पर्वत जेसीजले एक वर्षका योजनाहरूलाई मूर्त रूप दिने उद्देश्यसहित सञ्चालनमा ल्याएको सप्ताहभित्र स्वास्थ्य सचेतना, खेलकुद, डिजिटलीकरण, क्षमता विकास, सामाजिक सेवा तथा समुदायका अन्य कार्यक्रमहरू आयोजना गर्न लागिएको अध्यक्ष पौडेलले बताए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive