बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

समाजसेवी तथा बालमनोविज्ञ सूचीकृत गर्दै जलजला गाउँपालिका

कार्तिक ३०, २०८२
पर्वत : जिल्लाको जलजला गाउँपालिकाले समाजसेवी तथा बालमनोविज्ञ सूचीकृत गर्नका लागि इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको छ ।
गत कात्तिक २७ मा प्रथम पटक सूचना जारी गर्दै सूचीकृत हुनका लागि २१ दिनभित्र स्थानीय बाल अधिकार समितिमा निवेदन दिनका लागि आह्वान गरेको छ । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार बालबालिकाको अधिकार तथा हक हितको संरक्षण कार्यान्वयनमा सहयोग गर्न बनेको बालबालिका सम्बन्धी ऐन २०७५ को दफा (६२) को उपदफा (१) बमोजिम समाजसेवी तथा बाल मनोविज्ञ सूचीकरण गर्न लागिएको हो । ऐनमा रहेको व्यवस्था र सोको कार्यान्वयन गर्ने गराउने व्यवस्थाका लागि बालबालिका सम्बन्धी नियमावली २०७८ को नियम ८३ (२) ले व्यवस्था गरे बमोजिम आवेदन खुला गरिएको उनले बताए ।
समाजसेवी तथा बाल मनोविज्ञहरुलाइ तोकिएको योग्यता पुरा भएको प्रमाण खुल्ने कागजातहरू सहित आवेदन मागिएको छ । सूचीकरणका लागि आवश्यक योग्यताका रूपमा नेपाली नागरिक हुनुपर्ने, नैतिक पतन देखिने फौजदारी अभियोग वा बालबालिका बिरुद्धको कसुरमा अदालतबाट कसुरदार नठहरिएको, असल चरित्र भएको बाल अधिकार तथा बाल संरक्षण प्रति संवेदनशील भएको, समाजसेवीको रूपमा सूचीकृत हुनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा स्नातक गरेको वा कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा बाह्र कक्षा उत्तीर्ण गरेको र सामाजिक कार्य सम्बन्धी विषयमा कम्तीमा एक महिना तालिम प्राप्त गरेको तथा बालमनोविज्ञको रूपमा सूचिकृत हुनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट मनोविज्ञान वा सम्बन्धित विषयमा स्नातक गरेको वा कम्तीमा प्रवीणता प्रमाण पत्र तह वा बाह्र कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त निकाय वा तालीम प्रदायक संस्थाबाट बाल मनोविज्ञान सम्बन्धमा कम्तीमा एक महिनाको तालीम प्राप्त गरेको हुनुपर्ने भनिएको छ ।
सूचीकरणका लागि व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाण पत्रहरूको प्रतिलिपि, नैतिक पतन देखिने फौजदारी अभियोग वा बालबालिका विरुद्धको कसुरमा अदालतबाट कसुरदार नठहरिएको स्व घोषणा र बाल अधिकार तथा बाल संरक्षण प्रति संवेदनशील भएको स्व घोषणा लगायतका कागजताहरु पेस गर्न भनिएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive