पर्वत : नेपालको पहिलो बैङ्कको रूपमा स्थापना भएको नेपाल बैङ्क लिमिटेड आइतबारदेखि ८९ औँ वर्षमा प्रवेश गरेको छ ।
देशभरका शाखाहरूले विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूको आयोजना गरेर स्थापना दिवस मनाउँदा पर्वतको कुश्मा शाखाले पनि ग्राहकलाई मायाको चिनो दिएर स्थापना दिवस मनाएको छ । नेपाल बैङ्क लिमिटेड कुश्मा शाखाकी प्रबन्धक प्रज्ञा पाण्डेका अनुसार आइतबार बैङ्कमा पुगेका एक जना पुरुष र एक जना महिला गरी दुई जना सेवाग्राहीलाई खादाm फूल, माला, डायरी र कलम मायाको चिनोका रूपमा प्रदान गरिएको छ ।
ज्येष्ठ नागरिक उनीहरूलाई बैङ्कमा स्वागत गर्दै यस वर्षको कार्यक्रम अनौपचारिक रूपमा मनाइएको हो । स्थापनाको दिवसको अवसरमा शाखाले आफ्ना ग्राहकहरूसँग सेवा प्रवाह, आगामी दिनमा गर्न सकिने सुधार लगायतका बारेमा प्रतिक्रियाहरू पनि लिएको छ । जसमा सेवाग्राहीहरूले कुश्मामा नेपाल बैङ्कको शाखा स्थापना भएपछि बैङ्किङ कारोबारका लागि सहज भएको बताएका छन् ।
नेपालको सबैभन्दा पुरानो बैङ्कको शाखासँग आर्थिक कारोबार गर्न पाउँदा खुसी लागेको र विश्वसनीयताकै कारण बैङ्कमा सेवाग्राहीको चाप समेत उच्च हुने गरेको उनीहरूको भनाइ छ । सो अवसरमा बोल्दै प्रबन्धक पाण्डेले शाखा सम्पूर्ण सरकारी कारोबारको नोट कोष भएकोले स्थानीय कार्यालय तथा अन्य बैङ्कहरूलाई पनि सहज भएको बताइन । वि.सं. २०७७ असोज २८ मा नोट कोषको मान्यता दिएपछि स्थानीय बैकहरूलाई पनि सहज भएको उनको भनाइ छ ।
नेपाल बैंकको पर्वत शाखाले यसरी मनायो बार्षिकोत्सव
कार्तिक ३०, २०८२




