बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

पर्वत जेसीजको आयोजनामा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न

मंसिर ५, २०८२
पर्वत : पर्वत जेसीजको जेसीज सप्ताह–२०२५ अन्तर्गत छैटौँ दिनको कार्यक्रममा बिस्तारै बाइक चलाउने अर्थात् स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ ।
‘बिस्तारै बाइक चलाऊँ, सुरक्षित रहौँ’ भन्ने सन्देश प्रवाह गर्नको लागि आयोजना भएको प्रतियोगितामा कुश्माका रेजिन गुरुङ र अन्जोल कर्माचार्य क्रमशः पहिलो दोस्रो बनेका छन् । झन्डै ७० जनाले प्रतिस्पर्धा गरेको रेसमा रेजिनले एक मिनेट ३५ सेकेन्ड ६६ मिलिसेकेन्डमा पार गरे भने कर्माचार्यले एक मिनेट २२ सेकेन्ड ४३ मिलिसेकेन्डमा पार गरेका थिए । उनीहरू पहिलो र दोस्रोले पुरस्कार स्वरूप क्रमशः १० लिटर र पाँच लिटर पेट्रोल पाएका छन् ।
तीव्र गतिमा सवारी साधन चलाउँदा हुने दुर्घटना तथा मानवीय क्षतिलाई मध्यनजर गर्दै सचेतना जगाउने उद्देश्यले सुस्त गतिमा बाइक चलाउने प्रतियोगिता आयोजना गरिएको पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलले बताए ।  प्रतियोगिताको सुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथि कुश्मा बहुमुखी क्याम्पसका अध्यक्ष तथा ने.क.पा (एमाले) का अध्यक्ष गोविन्द पहाडीले युवाहरूलाई सुरक्षित सवारी संस्कृतितर्फ प्रेरित गर्दै यस्ता अभियानले समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पर्वत शाखाका प्रतिनिधि, विभिन्न संस्थाका पदाधिकारी, पूर्व अध्यक्षहरू, समुदायका सम्माननीय अतिथिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका संयोजक सुजन पौडेलले प्रमुख अतिथि, विशिष्ट अतिथि, पत्रकार, पूर्व पदाधिकारी तथा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य, आवश्यकता र प्रभावबारे प्रकाश पारे । सप्ताहभरि सञ्चालन हुने गतिविधिको मुख्य संयोजन शर्मिला शर्माले गरिरहेकी छिन् । महासचिव प्रवेशराज पुरीको सञ्चालन रहेको कार्यक्रमका अध्यक्षता संस्थाका अध्यक्ष अच्युत पौडेलले गरेका थिए ।
सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले यो अभियान युवाको सीप, व्यक्तित्व र नेतृत्व उदयको साझा उत्सव भएको उल्लेख गरे । प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई बधाई दिँदै उनले युवालाई सही ज्ञान, मनोबल र प्रेरणा प्रदान गर्न सकिएको खण्डमा सक्षम, अनुशासित र सुरक्षित समाज निर्माणको दिशा अझै सबल हुने बताए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive