शनि, माघ १०, २०८२
Sat, January 24, 2026

फर्निचर व्यवसायीद्धारा अस्पतालका बिरामीलाई फलफूल वितरण

साउन ८, २०७८

पर्वत : नेपाल फर्निचर व्यवसायी महासंघको सातौँ स्थापना दिवसको अवसर पारेर महासंघको पर्वत शाखाले पर्वत अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
स्थापना दिवसलाई यस वर्ष धार्मिक काम गरेर मनाउने योजना अनुसार अस्पतालको कोरोना पोजेटीभ भएपछि उपचार गरिरहेका तथा अस्पतालको ओपिडिमा भर्ना गरेर राखिएका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारी, महासंघको पर्वत शाखाका अध्यक्ष मथुरा कुमार जोशी, सचिव भिमबहादुर नेपाली, सल्लाहकार विषम कुमार श्रेष्ठ, पर्वत अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. ढुण्डीराज पौडेल, नेपाल पत्रकार महासँघ पर्वत शाखाका सहसचिव दिपेश विश्वकर्मा, पालिकाखबरका पर्वत संयोजक सन्दिप पाठक लगायतको उपस्थितिमा फलफूल वितरण गरिएको हो ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive