मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

गण्डकी प्रदेशमा थपिएका छ नयाँ मन्त्रीले लिए सपथ

संजय रेग्मी
साउन ८, २०७८
पर्वत : गण्डकी प्रदेशमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा बनेको नयाँ गठबन्धन सरकारले ४२ औँ दिनमा पूर्णता पाएको छ ।
गत जेठ २९ मा पोखरेल नेतृत्वको सरकार बनेको भए पनि मन्त्रालय बाँडफाँडको टुङ्गो नलाग्दा र दलभित्रका सांसदहरूको मन्त्री बन्ने होडबाजी चलेपछि करिब डेढ महिनासम्म पनि मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन । सरकार विस्तार नभएको भनी प्रदेश सरकारले चौतर्फी आलोचना खेपिरहेको बेलामा गठबन्धनका प्रमुख दुई घटक काँग्रेस र माओवादीबिच शक्ति बाँडफाँडको कुरामा हिजो साँझ सहमति भएपछि शुक्रवार छ जना नयाँ मन्त्रीले शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण गर्नुभएकाहरुमा काँग्रेसका मेखलाल श्रेष्ठ, विन्दुकुमार थापा र मणिभद्र शर्मा कँडेल रहनुभएको छ । यस्तै माओवादीबाट संसदीय दलका उपनेता रामजी बराल, चन्द्रबहादुर बुढामगर र दीपक चर्तीमगरले शपथ लिनुभएको छ । काँग्रेसबाट श्रेष्ठले सामाजिक विकास मन्त्रीको रूपमा, थापाले कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रीको रूपमा र कँडेलले पर्यटन मन्त्रीको रूपमा शपथ खानुभएको हो । यस्तै माओवादीबाट बरालले आर्थिक मामिला तथा योजना मन्त्रालय, बुढामगरले कृषि तथा सहकारी मन्त्रालय र चर्तीमगरले वन तथा वातावरण मन्त्रालय पाउनुभएको छ ।
काँग्रेसका मुख्यमन्त्री पोखरेल सहित कुमार खड्का, माओवादीकी माओवादीकी मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) ले भने यस अगाडि नै जेठ २९ मा नयाँ सरकार बन्दाको दिनमा नै शपथ लिनुभएको थियो । बेलामा मन्त्रालयको बाँडफाँड नमिलेकाले शपथ मात्रै लिएका उहाँहरुलाई केही समयपछि मात्रै मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यती बेला काँग्रेसका खड्काले सामाजिक विकास मन्त्रालय, माओवादीकी गुरुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जसपाका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले युवा तथा खेलकुद मन्त्रालय पाउनुभएको थियो । गुरुङ, आचार्य र मनाङेको मन्त्रालय यथावतै रहेको भए पनि काँग्रेसका खड्काको जिम्मेवारी भने फेरिएको छ । उहाँलाई सामाजिक विकास मन्त्रालयबाट भौतिक पूर्वाधार मन्त्रालयमा सारिएको छ । उहाँले सम्हाल्न्ुभएको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी काँग्रेसकै श्रेष्ठले पाउनुभएको हो ।
आज मन्त्रीको जिम्मेवारी पाउनुभएका छ जनाले नै प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग शपथ लिनुभएको छ । नयाँ मन्त्रीको नियुक्तिसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive