मङ्ल, माघ २०, २०८२
Tue, February 3, 2026

पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा विमल खत्री

मंसिर ९, २०८२
पर्वत : रोजगारी, अध्ययन वा अन्य सिलसिलामा दक्षिण कोरियामा पुगेका पर्वतेहरूको संस्था ‘पर्वत समाज दक्षिण कोरिया’ को अध्यक्षमा विमल खत्री चयन भएका छन् ।
दक्षिण कोरियाको राजधानी सोलमा हालै भएको पाँचौँ अधिवेशनबाट खत्री अध्यक्षमा चयन भएका हुन् । पछिल्लो तेस्रो र चौथो कार्यकालमा समेत सोही संस्थामा रहेर अनुभव बटुलिसकेका खत्रीले पाँचौँ अधिवेशनमा संस्थाको नेतृत्व गर्ने अवसर पाएका हुन् । आफ्ना अघिल्ला कार्यकालहरूमा अग्रज तथा दिग्गज व्यक्तिहरूसँग काम गर्ने अवसर पाएको बताउँदै उनले अब नेतृत्वमा आएपछि आफूमा रहेको क्षमताको पूर्ण प्रयोग गरेर संस्थालाई अगाडि बढाउने बताएका छन् ।
आफूहरूले उक्त पदसम्मको यात्रा तय गर्नका लागि विभिन्न भूमिकामा सहयोग गरेका व्यक्तिहरूप्रति उनले धन्यवाद ज्ञापन गरेका छन् । विशेष गरी निवर्तमान अध्यक्ष दीपक के.सी.ले कुशलतापूर्वक नेतृत्व गरेर विभिन्न रचनात्मक कामहरू गरेर संस्थालाई कोरियामा रहेका नेपाली संस्थाहरूमध्येको एक अब्बल संस्था बनाएको उनले खुसी पनि व्यक्त गरेका छन् ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा आशिष् गुरुङ, उपाध्यक्षमा मेघ पौडेल, प्रकाश पाण्डेय र सृजना तिवारी, महासचिवमा जीवन पौडेल, सचिवमा सलिन शर्मा र सुनिल भुसाल (कृष्ण), कोषाध्यक्षमा सरोज कार्की, सह–कोषाध्यक्षमा विष्णु सापकोटा, तथा सदस्यहरूमा कृष्ण सुबेदी, अर्जुन हमाल, प्रवीण जिसी, अनिल पौडेल, प्रकाश शर्मा, विक्रम काफ्ले, संजोग भुसाल, मिलन बि।क, सुरेश थापा र सन्तोष सेन सहितको नयाँ कार्यसमिति सर्वसम्मतिले चयन भएका छन् ।  यसै गरी खेलकुद संयोजक सरोज गुरुङ, निर्वाचन संयोजक डा. रोशन पौडेल, र निर्वाचन समिति सदस्यहरू डा. सन्जु पौडेल तथा नन्द गुरुङ मनोनीत भएका छन् ।
नवनिर्वाचित अध्यक्ष खत्रीले विदेशमा रहेका पर्वते समुदायलाई आपसी एकता, सामाजिक उत्तरदायित्व र पहिचानका साझा अभियानमा उन्मुख गराउँदै संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अधिवेशनमा सल्लाहकार, बुद्धिजीवी, समुदायका प्रतिनिधि तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पर्वत घर भई हाल विभिन्न सिलसिलामा कोरिया लगायत विभिन्न देशमा रहेका पर्वतहरूले जिल्लाको स्वास्थ्य, शिक्षा लगायत सामाजिक सेवाका काम गर्दै आएका छन् ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive