शनि, माघ १०, २०८२
Sat, January 24, 2026

पर्वतमा लोकप्रिय बनेका डा. बास्तोलाको म्याग्दी सरुवा 

उनको दुई बर्षे कार्यकालमा प्रदेश अस्पताल पर्वतमा भए यी काम

मंसिर १८, २०८२
पर्वत : प्रदेश अस्पताल पर्वतको मेडिकल सुपरिटेन्डेन्टको रूपमा कार्यरत रहनुभएका डा. हेमन्त बास्तोला पर्वतबाट म्याग्दी सुरुवा भएपछि उनको सम्मानमा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकारले हालै मात्रै प्रदेशका धेरै कर्मचारीहरूलाई सरुवा गरेको थियो । जसमा दुई वर्ष तीन महिनाको अवधि प्रदेश अस्पतालमा रहनुभएका डा. बास्तोला पनि पर्वतबाट म्याग्दी सरुवा भएका हुन् । कन्सल्टेन्ट मेडिकल जनरलिस्टको रूपमा सेवा प्रवाह गरेका उनको कार्यकालमा प्रदेश अस्पताल पर्वतमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह,  विशेषज्ञ सेवा विस्तार, स्थानीय रूपमा नै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुगेको छ । सरकारी अस्पतालप्रति जनताको विश्वास र अपेक्षा अनुसार प्रदेश अस्पताल कुश्मा पर्वतले दुई वर्षमा तुलनात्मक रूपमा फरक हुने गरेर सेवा प्रवाह गरेर समुदायको स्वास्थ्यमा उल्लेखनीय परिवर्तन ल्याउन सफल भएको महसुस भएको प्रदेश अस्पताल पर्वतले बताएको छ ।
डा. बास्तोलाका लागि अस्पतालमा आयोजना भएको फेरि भेटौँला कार्यक्रममा बोल्दै डा. बास्तोलाले आफू र आफ्नो मेडिकल टिमलाई विश्वास गरेर सेवा लिएका सेवाग्राही, स्थानीयवासी, कर्मचारी, अस्पताल व्यवस्थापन समिति, राजनीतिक दल, स्थानीय सरकार, प्रादेशिक निकायहरू, स्वास्थ्य मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयप्रति  आभार व्यक्त गरे ।
आफ्नो नृेतृत्वकालमा गरिएको प्रदेश अस्पताल पर्वतमा भएको सुधार तथा विस्तारहरू, उपलब्धिहरू, समूहगत कार्य,  समन्वय र सबैको सहयोग, तालुक निकायहरूको सहजीकरण तथा समन्वयबाट सम्भव भएको उनले बताए ।  क्लिनिकल सेवा सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखेर अस्पतालमा गुणस्तरीय उपचार सुनिश्चित गर्नु आफ्नो  पहिलो लक्ष्य रहेको डा. बास्तोलाको भनाइ छ । साबिकमा केही मेडिकल अफिसरबाट सेवा प्रदान हुने गरेकोमा हाल  विशेषज्ञ चिकित्सकसहितको सङ्ख्या वृद्धि भएको छ ।
उनको नेतृत्वमा गर्भवतीको आकस्मिक शल्यक्रिया, एपेन्डिक्सको शल्यक्रिया, हर्निया, हाइड्रोशील लगायतको समेत शल्यक्रियाहरूका भएका छन् । हाडर्जोनी  चिकित्सकद्वारा हाड जोर्नी सम्बन्धी शल्यक्रिया सेवा पनि अस्पतालको नयाँ र आधुनिक सेवा हो ।
ओपिडी सेवामा गरिएको सुधार र विस्तारका कारण गत आर्थिक वर्षमा ७४ हजार बिरामीहरूको उपचार गरिएको, उपचार तथा प्रयोगशालालाई आधुनिक बनाइएको, थाइरोइड, भिटामिन, महिलाहरूका क्यान्सर, लगायत प्रोस्टेटको रगत परीक्षणका लागि पोखरा नगई कुश्मामा नै सेवा दिन सक्नु खुसीको कुरा भएको डा. बास्तोलाले बताएका छन् ।   यस्तै दन्त रोग तथा फिजियोथेरापी सेवा, पूर्वाधार निर्माण तथा सुविधा विस्तार, फार्मेसी तथा औषधि व्यवस्थापन, डिजिटल प्रणाली, सामुदायिक स्वास्थ्य सेवा कार्यक्रमहरूमा उक्त अवधिमा उल्लेख्य प्रगति भएको छ ।
आफ्नो कार्यकालमा अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल भएकोमा पनि डा. बास्तोलाले खुसी व्यक्त गरेका छन् ।  आगामी दिनहरूमा पनि गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा सुधार, आधुनिकीकरण र गुणस्तरीय पहुँच विस्तारका लागि आफू प्रतिबद्ध रहने उनको भनाइ छ ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive