बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

साउन ९, २०७८

सुटिङकी कल्पना परियारले टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कल्पनाले छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै कीर्तिमान राखेकी हुन् ।

यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान आफ्नो नाम गरेकी थिइन् । शनिबार आसाका सुटिङ रेन्जमा कल्पनाले ६ सय १६.८ स्कोर गरेपनि अन्तिम चरणमा भने स्थान बनाउन सकिनन् । कल्पना समग्रमा ४६ औं स्थानमा रहिन् ।

छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन् । छनोटमा नर्वेकी हेग दुस्तादले ६ सय ३२.९ स्कोरसहित शीर्ष स्थान हासिल गरिन् । उनीसँगै दक्षिण कोरियाकी पार्क हिमुन (६३१.७), अमेरिकी मेरी टकर (६३१.४), दक्षिण कोरियाकै यूंजी क्वोन (६३०.९), फ्रान्सेली ओसिएन मुलर (६३०.७), चीनकि किआन याङ (६२८.७), स्विस निना क्रिस्तिएन र आरओसीकी अनास्तासिया गलाशिना (६२८.५) ले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल आज नै हुनेछ ।

कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१ स्कोर गरेकी थिइन् । चौथोमा १०४.१ र पाँचौमा १०३.४ स्कोर गरेकी उनके अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरिन् । अन्तिम सिरिजको पाँचौ प्रहारमा ८.८ स्कोर हुँदा समग्रमा जम्मा १००.७ स्कोर जोडिन् । समग्रमा ६ सय १६.८ स्कोरसहित उनी राष्ट्रिय कीर्तिमान कायम गर्न भने सफल भइन् ।

इभेन्टमा ५० जनाको सहभागिता थियो । कल्पनाले बोस्निया, किर्गिस्तान, श्रीलंका र सरणार्थी टोलीका खेलाडीलाई पछि पारेकी हुन् । भारतले पदक आशा गरेकी इलाभेनिल भालरभियन ६२६.५ स्कोरसहित १६ औं स्थानमा रहिन् । भारतकै अपुर्भी चन्डेला ६२१.९ स्कोरसहित ३६ औं स्थानमा रहिन् । भुटानकि लेन्चु कुन्जाङ ६१८.१ स्कोरसहित ४३ औं स्थानमा रहिन् ।

कल्पनाले यसअघि सन् २०१८ मा भएको एसियाली खेलकुदमा ५ सय ९४.८ स्कोर गरेकी थिइन् । त्यसपछि सन् २०१९ मा नेपालमै भएको सागमा उनले प्रदर्शन सुधार गरेकी थिइन् । सागमा उनी चौथो भएकी थिइन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive