मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

आज र भाेलि ठूलो पानी पर्ने सम्भावना कम

काठमाण्डाै – आज र भाेलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

पानी पार्ने न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले आज र भाेलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो घाम लागेर गर्मी हुने भएकाले बेलुकातिर स्थानीय वायुको प्रभावका कारण मेघगर्जन र चट्याङ्गसहित देशका केही ठाउँमा सामान्य पानी भने पर्न सक्छ । तर ठूलो वा लगातार झरी पर्ने सम्भावना भने छैन ।

आउने सोमवार बेलुकादेखि भने मनसुन थप सक्रिय हुँदै जाने उहाँले बताउनुभयो । सोमवार बेलुकादेखि विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ ।

२०७८ साउन  गते ( शनिबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीदेशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ साउन १० गते ( आईबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ साउन  गते ( सोमबार)

दिउँसोदेशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive