मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

अमेरिका पठाइदिन्छौँ भन्दै ७४ लाख ठगेपछि . . .

साउन ९, २०७८

साउन ९, २०७८
पर्वत : वर्किङ भिजा मा अमेरिका पठाइदिने भनी ७४ लाख रुपैयाँ लिएर ठगी गरेको अभियोगमा कास्कीबाट तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा कपिलवस्तुको वाणगंगा नगरपालिका–४ हरिहरपुरका विकास भनेर चिनिने २४ वर्षिय विनोद भुसाल, कास्कीको पोखरा महानगरपालिका–२ मिरुवाका ३१ वर्षिय पुकार गुरुङ र वडा नं. १२ रानीपौवाका ३० वर्षिय प्रकाश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
काम गर्ने भिसामा अमेरिका पठाइदिने लोभ देखाउँदै विगत दुई वर्षदेखि ३÷४ जना व्यक्तिहरूसँग ७४ लाख नौ हजार पाँच सय रुपैयाँ लिइएको भनी कास्की प्रहरीमा पीडितहरूबाट जाहेरी परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनीहरूलाई पक्राउ गर्नको लागि केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय कास्कीको टोली संयुक्त रूपमा खटिएको थियो ।
विनोदलाई पोखरा महानगरपालिका–१८ भकुन्डेबाट, पुकारलाई मिरुवाबाट र प्रकाशलाई रानीपौवाबाटै पक्राउ गरिएको हा े। पक्राउ परेकाहरूले ठगी गर्ने मनसाय राखेर केही युवाहरूलाई ठगेको पीडितहरूले बताएको डिएसपी हमालले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अमेरिका पठाइदिने तर त्यसका लागि पहिले खातामा पैसा जम्मा गरिदिनुपर्ने भन्दै विभिन्न बहानामा पटक पटक गरी पीडितहरूलाई बैङ्क खातामा पैसा जम्मा गर्न लगाएको खुलेको छ। त्यसका लागि विनोदले प्रकाश र पुकारको खाता नं. दिएर पीडितहरूलाई ती खातमा रकम जम्मा गर्न भनेको प्रहरी बताउँछ ।
पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive