मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026

पर्वतमा नारायण मा.वि.का २ जना सहित ५ जनाको ४ जिपिए

बैशाख २९, २०८३

पर्वत : सोमबार साँझ प्रकाशन भएको एसइई–२०८२ को नतिजा अनुसार पर्वतका ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार साधारण धारतर्फ ६६.७७ प्रतिशत र प्राविधिक धारतर्फका ८७.५० प्रतिशत गरी समष्टिगत रूपमा ६७.२६ प्रतिशत विद्यार्थीहरूले ‘ग्रेड’ प्राप्त गरेका छन्। इकाई प्रमुख चपाइका अनुसार २.० देखि १.६० ‘ग्रेड’ समूहमा शून्य, २.४ं० देखि २.०० सम्म साधारण तर्फका २७ जना ‘ग्रेड’मा परेका छन्। यस्तै २.८० देखि २.४० सम्म साधारणतर्फका २ सय ६३ जना र प्राविधिकतर्फका ४ जना गरी २ सय ६७ जना रहेका छन्।
३.२० देखि २.८० सम्मको ‘ग्रेड’ समूहमा साधारणतर्फका ४ सय ३ जना र प्राविधिकतर्फका १८ जना गरी ४ सय २१ जना, ३.६० देखि ३.२० सम्मको ‘ग्रेड’मा साधारणतर्फका २ सय ८० तथा प्राविधिकतर्फका ११ जना गरी २ सय ९१ जना विद्यार्थी रहेका छन्। सबैभन्दा माथिल्लो ४.०० देखि ३.६० जि.पी.ए.को समूहमा साधारणतर्फका १ सय २४ जना तथा प्राविधिकतर्फका २ जना गरी १ सय २६ जना विद्यार्थीहरू रहेका छन्। आवश्यक न्यूनतम अङ्क समेत प्राप्त गर्न नसकेर ‘नन ग्रेड’ मा परेका विद्यार्थीहरू साधारण धारतर्फका ५ सय ४६ तथा प्राविधिक धारतर्फका ५ जना गरी ५ सय ४९ जना रहेका छन्।
नतिजा अनुसार जिल्लाभरमा ५ जना विद्यार्थीहरूले ४ जि.पि.ए. प्राप्त गर्न सफल भएका छन्। उनीहरू जिल्लामै सबैभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको कुश्माको नारायण माध्यमिक विद्यालयका अनुप पोख्रेल र अनुपम सुवेदी, कुश्माकै नमुना माध्यमिक विद्यालयका सक्षम के.सी, कटुवाचौपारीको आइबल एकेडेमीकी क्रिष्मा पराजुली र आदर्श माध्यमिक विद्यालयका विनायक भुसाल रहेका छन्।
२०८२ सालको एस.इ.ई.मा पर्वतबाट कुल १ हजार ६ सय ४३ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive