मङ्ल, असार ३, २०८२
Tue, June 17, 2025

महरालाई उच्च अदालतबाट पनि सफाइ

साउन १२, २०७८

काठमाडौं : संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन्।

जर्बजस्ती करणी उद्योग मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले मंगलबार काठमाडौं जिल्ला अदालतको सुरु फैसला सदर गरेको हो। न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको निर्णयलाई सदर गरेको अदालतकी प्रवक्ता अमृता कुमारी शर्माले जानकारी दिइन्।

महरा सभामुख रहेका बेला संसद सचिवालयमा काम गर्ने एक महिला कर्मचारीले आफूमाथि जर्बजस्ती करणीको प्रयास गरेको भन्दै मुद्दा दायर गरेकी थिइन्।

वि.सं.२०७६ असोज १४ गते पदबाट राजीनामा दिएका महरा असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका थिए।

कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले निर्दोष रहेको फैसला सुनाएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive