शनि, साउन २, २०८३
Sat, July 18, 2026

पर्वतमा भएको ट्र्याक्टर दुर्घटनामा २ जनाको मृत्यु १ जना घाइते

साउन २, २०८३

पर्वत : पर्वतको कुश्मा नगरपालिका–९ मा शनिवार दिउसो भएको ट्र्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार दिउसो करिब साढे २ बजेको समयमा एकोहोरोपाखास्थित दोविल्ला–फलेवास सडक खण्डमा कुश्माबाट साइकल चोकका लागि छुटेको ग १ त ७२७३ नं. को ट्र्याक्टर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ट्र्याक्टरका चालक कुश्मा नगरपालिका–७ बस्ने २८ वर्षीय सुजन नेपाली र सोही ट्र्याक्टरमा सवार कुश्मा नगरपालिका–९ साइकल चोकमा बस्दै आएका १४ वर्षीय शिशिर लामिछानेको मृत्यु भएको हो । नेपालीको टाउको, दुवै हात खुट्टा शरीरको विभिन्न भागमा तथा लामिछानेको पेट र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
दुर्घटनामा परी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटामा बस्दै आएका २२ वर्षीय उदय सापकोटा घाइते भएका छन् । दुवै खुट्टामा चोट लागेर अवस्था सामान्य रहेका उनको प्रदेश अस्पताल पर्वतमा उपचार चलिरहेको छ ।
प्रहरी निरीक्षक पौडेलका अनुसार ट्र्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive