मङ्ल, साउन २६, २०८३
Tue, August 11, 2026

शिक्षक संगठन कुश्माको आयोजनामा शिक्षकहरुका लागि दुई दिने प्रशिक्षण सम्पन्न

साउन २६, २०८३

पर्वत : नेपाल राष्ट्रिय शिक्षक संगठन कुश्मा नगर समितिको आयोजनामा कुश्मा नगरपालिकाका शिक्षकहरुका लागि दुई दिने प्रशिक्षण सम्पन्न भएको छ ।
नगरपालिकाभित्र आधारभूत कक्षा १–५ मा अध्यापनरत शिक्षकहरूको लागि पाठ्यक्रम तथा मूल्याङ्कन सम्बन्धी दुई दिने कार्यशाला साउन २३ र २४ गते आयोजना भएको हो । सङ्गठनका नगर समिति अध्यक्ष झलक पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघाटन सत्र सङ्गठनका राष्ट्रिय समिति उपाध्यक्ष गोविन्द भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उपाध्यक्ष भण्डारीले यस्ता कार्यक्रमले शिक्षकहरुको पेशागत अभिवृद्धि हुनुका साथै शिक्षकहरुमा एकताको भावना विकास हुने बताए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सङ्गठनका राष्ट्रिय समिति सदस्य तथा पर्वत ईन्चार्ज नवराज भुसाल, जिल्ला अध्यक्ष सुरेन्द्र शर्मा गौतम, प्रदेश समिति सदस्य ईन्द्र प्रसाद शर्मा , नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, नगर कमिटि अध्यक्ष किशोर सापकोटा लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नगर समिति सचिव दामोदर पौडेलले गरेका थिए ।
नगर भित्रका निजि तथा सामुदायिक विधालयबाट कुल १३२ जनाको सहभागिता रहेको कार्यक्रमको प्रशिक्षण शिक्षकद्वय ओमकार पौडेल र सन्तोष रिजालले गरेका थिए । कार्यक्रमका अधिकांश सहभागीहरुले कार्यशालाबाट सिकेका कुरा कक्षाकोठामा प्रयोग गर्न सकेमा विद्यार्थीहरूको शैक्षिक अभिवृद्धिमा थप टेवा पुग्ने धारणा राखेका थिए ।
दुई दिने कार्यशालाको समापन भने कुश्मा नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नं ६ का वडाध्यक्ष ईश्वर गिरीको प्रमुख आतिथ्यतामा भएको थियो । गिरीले शैक्षिक गतिविधिसँग जोडिएको कार्यक्रम आयोजना गरिएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रम सम्बन्धित पालिकाहरुले अनिवार्य रुपमा गर्नुपर्ने कुरामा जोड दिए । कुश्मा नगर शिक्षा समिति सदस्यहरु वसन्त बहादुर सिके, मेघनाथ आचार्य, फलेवास नगर शिक्षा समिति अर्जुन कुमार रेग्मी लगायतको विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा प्रशिक्षण सम्पन्न भएको हो ।
समापनको अवसरमा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive