बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

बुहारी ग्रुप अफ नेपालको तीज गीत भिडियो प्रतियोगितामा गुल्मिको स्ट्रङ लेडिज ग्रुप प्रथम

भदौ २४, २०८३

पर्वत : बुहारी ग्रुप अफ नेपालद्वारा आयोजित ‘खुला तीज गीत भिडियो प्रतियोगिता–२०८३’ मा गुल्मिको स्ट्रङ लेडिज ग्रुप प्रथम भएको छ ।
प्रतियोगितामा सिटिजन लाइफ इन्सुरेन्स, पर्वत द्वितीय, साथी समूह कुश्मा, पर्वत तृतीय तथा न्यू प्रगति महिला समूह, कुश्मा, पर्वतले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम हुने स्ट्रङ लेडिज ग्रुपले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्वितीय हुने सिटिजन लाइफ इन्सुरेन्स पर्वतले १५ हजार, तृतीय हुने साथी समूहले १० हजार तथा सान्त्वना स्थान प्राप्त गर्ने न्यू प्रगति महिला समूहले ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
देशमा विपत्तिको अवस्था रहे पनि आफ्नो कला, संस्कृति र प्रतिभालाई प्रस्तुत गर्दै प्रतियोगितामा उत्साहपूर्वक सहभागी भएका सम्पूर्ण समूहलाई आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ । प्रतियोगिताले तीजको मौलिकता, सामाजिक सन्देश तथा बदलिँदो परिवेशलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको आयोजक बुहारी ग्रुप अफ नेपालले जनाएको छ ।
प्रतियोगितामा सहभागी भिडियोको मूल्याङ्कनका लागि चार सदस्यीय निष्पक्ष निर्णायक समिति गठन गरिएको थियो । निर्णायक समितिको संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगर रहेकी थिइन् । समितिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशकी अध्यक्ष माया गुरुङ र बुहारी ग्रुप अफ नेपालकी संस्थापक अध्यक्ष लक्ष्मी तिवारी निर्णायक सदस्यका रूपमा रहेका थिए ।
प्रतियोगिताको भिडियो मूल्याङ्कनमा निर्णायक मण्डलको निर्णयलाई ८० प्रतिशत तथा बुहारी ग्रुप अफ नेपालको फेसबुक पेजमा प्राप्त लाइक, कमेन्ट र शेयरलाई २० प्रतिशत आधार बनाइएको संयोजक लक्ष्मी तिवारीले जानकारी दिइन् ।
प्रतियोगिताले तीज पर्वको सांस्कृतिक मौलिकता संरक्षणसँगै सामाजिक सन्देश प्रवाह गर्ने र नेपाली कला तथा प्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्य राखेको आयोजकको भनाइ छ । प्रतियोगितामार्फत नेपालमा रहेका नेपालीसँगै विदेशमा रहेर तीज मनाइरहेका नेपालीलाई समेत जोड्ने प्रयास गरिएको जनाइएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive