बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

छैठौं पर्वत जिल्लास्तरीय स्क्राबल च्याम्पियनसिप सम्पन्न

भदौ २३, २०८३

पर्वत : स्क्राबल क्लव पर्वत र माझीगाउँ आधारभूत विद्यालयको आयोजनामा छैठौं जिल्लास्तरीय स्क्राबल च्याम्पियनसिप सम्पन्न भएको छ ।
जिल्लाका १० विद्यालयका २४ जना विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा कुश्माको कालीगण्डकी एकेडेमीले लगातार तेस्रो पटक च्याम्पियनको उपाधि हात पारेको छ । यसअघि चौथो र पाँचौं जिल्लास्तरीय च्याम्पियनसिपको उपाधि दिविशा थापाले जितेकी थिइन् । यसपटक भने छैठौं जिल्लास्तरीय च्याम्पियनसिपको उपाधि समृद्धि जोशीले जितेकी छिन । प्रतियोगितामा आदर्श आवासीय माध्यमिक विद्यालय, कुश्माका शाहिल गिरी द्वितीय, नमुना आवासीय माध्यमिक विद्यालयका न्युसन श्रेष्ठ तृतीय तथा आदर्श आवासीय माध्यमिक विद्यालयका दिप्सन पौडेल र नमुना आवासीय माध्यमिक विद्यालयका सक्षम रेग्मी सान्त्वना भएका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताले विद्यार्थीहरूको शब्दज्ञान, भाषिक क्षमता, तार्किक सोच तथा प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पु¥याउने छ ।
प्रतियोगिताबाट छनोट भएका विजेताहरू आगामी कात्तिक महिनामा बुटवलमा आयोजना हुने १२औँ राष्ट्रिय स्क्राबल प्रतियोगितामा सहभागी हुनेछन् । उक्त अवसरमा विक्रम थापाको संयोजकत्वमा सात सदस्यीय स्क्राबल क्लब पर्वतको कार्यसमिति गठन गरिएको छ । नवगठित कार्यसमितिका सदस्यहरूमा सन्तोष थापा, यमनाथ पौडेल, उमा गुरुङ, लालु बसेल, वविना श्रेष्ठ र तुलसी श्रेष्ठ रहेका छन् ।
माझीगाउँ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डोलनाथ भुसालको अध्यक्षतामा भएको कार्यक्रममा फलेवास नगरपालिकाका नगर शिक्षा अधिकृत कृष्ण प्रसाद आचार्य, स्क्राबल क्लब नेपालका अध्यक्ष केशव पराजुली, महासचिव नवीन पन्त तथा सल्लाहकार हिमबहादुर पौडेल क्षेत्री लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन स्क्राबल क्लव पर्वतका संयोजक विक्रम थापाले गरेका थिए भने विद्यालयका प्रधानाध्यापक विनादेवी शर्माले स्वागत मन्तव्य व्यक्त गरिन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive