मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

कास्कीको माछापुच्छ्रेमा गोरु काटेका ६ जना पक्राउ

साउन १८, २०७८

पर्वत : कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलाको गैह्राकेसरीबाट गोरुको मासु र हतियार सहित छ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार गोरु काटिरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट गएको प्रहरीको संयुक्त टोलीले उनीहरूलाई आइतबार राती करिब साढे नौ बजेको समयमा नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूमा माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाको कसेरीका २७ वर्षिय जित बहादुर तामाङ, ५६ वर्षिय कुल बहादुर विश्वकर्मा, २१ वर्षिय अभिनाश तामाङ, २७ वर्षिय अरुण तामाङ, २९ वर्षिय सुकमाला तामाङ र पोखरा महानगरपालिका–१९ पुरन्चौरका ३९ वर्षिय कुमार श्रेष्ठ रहेका छन्।
पक्राउ गरिएकाहरूको साथबाट गोरुको टाउको, मासु र मासु काट्न प्रयोग हुने हतियार सहित बरामद गरिएको र उनीहरुलाई पशुपंक्षी सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट नाभै दिनको म्याद थप गरेर अनुसन्धान चलिरहेको डिएसपी हमालले बताए।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive