मङ्ल, असार ३, २०८२
Tue, June 17, 2025

सहयोगी हातलाई दश हजार आर्थिक सहयोग

साउन १८, २०७८

पर्वत : पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले आफ्नी श्रीमतीको जन्मदिनको अवसर पारेर सामाजिक सेवामा सक्रिय रहँदै आएको नेपाली सहयोगी हतहरुलाई आर्थिक सहयोग गरेका छन्।

नेपाली सहयोगी हातले समाजका असाहय, असक्त, गरिव, विद्यार्थी, बिरामी लगायतलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएकाले अध्यक्ष पहाडीले श्रीमती प्रमिला गिरीको जन्मदिनको अवसर पारेर आइतवार सहयोगी हातको अभियानको लागि दश हजार पाँच रुपैयाँ सहयोग गरेका सहयोगी हातका अध्यक्ष निखिलेस पुरीले बताए। ‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ स्थापना भएको नेपाली सहयोगी हातको स्थापना भएको दिनमा उक्त सहयोग पाएको उनको भनाई छ।

‘उहाँले सहयोगी हातले गरिहेको समाजसेवा र सामाजिक अभियानलाई प्रोत्सहान गर्नको लागि गर्नुभएको आर्थिक सहयोगले हामीलाई झनै जिम्मेवार बनाएको महसुस भएको छ’ पुरी भन्छन्, ‘उहाँले सहयोग गर्नुभएको रकम पनि समस्यामा परेका हाम्रै समाजका व्यक्तिहरुलाई सहयोग गर्नमा खर्च गर्नेछौँ।’

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive