बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

गण्डकी नदी दोहनमा प्रयोग भएका ३२ गाडीलाई कारबाही

साउन २०, २०७८

पर्वत : अवैध रूपमा कालीगण्डकी दोहनमा प्रयोग भएका ३२ वटा गाडीई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पछिल्ला चार दिनमा नदी दोहनमा प्रयोग भएका गाडीलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार साउन १६ देखि १९ सम्म अवैध रूपमा नदीजन्य पदार्थको उत्खननमा प्रयोग भएका सवारी साधनलाई नियन्त्रणको जानकारी दिए। ती गाडीलाई पाँच लाख दुई हजार ५०० रुपैयाँ जरिवाना गराइएको उनले बताए।

कुश्मा नगरपालिकामा पर्ने कालीगण्डकी नदीको किनारमा अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गरिरहेका पाँचवटा ट्रिपर, नौवटा एक्स्काभेटर र १८ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएर कारबाहीको लागि कुश्मा नगरपालिकालाई जिम्मा दिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत, प्रहरी चौकी मिलनचोक र प्रहरी चौकी वारीवेनी पर्वतको बगरमा खटिएको प्रहरी टोलीले कुश्मा नगरपालिकाका विभिन्न स्थानबाट ती गाडीहरु नियन्त्रणमा लिएको बताए। जरिवाना तिरेको रसिदका आधारमा मात्रै प्रहरीले गाडी धनीलाई गाडी फिर्ता लैजान दिएको र केहीले जरिवाना रकम नतिरेका कारण अझै पनि नियन्त्रणमा राखिएको उनले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive