बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

‘भिर्नी झोला’ मेकर्सको अर्को कोसेली ‘ढाँचा पा¥यो नभने’ (टिजर सहित)

कार्तिक २, २०७८

संजय रेग्मी
कात्तिक २, २०७८
पर्वत : दुई वर्ष अगाडि बजारमा आएको गीत ‘भिर्नी झोलामा’ गीत अझै पनि सामाजिक सञ्जालदेखि नागरिकको ओठमा बसिरहेको छ। मेपालत गर्दा गुनगुनाउन होस, टीकटकमा अभिनय गर्न होस वा पार्टी पर्वमा नाच्न नै किन नहोस ‘भिर्नी झोलामा’ सबैको रोजाईमा छ।
‘सिक्स–एट बीट’ शैलीमा लोकप्रिय गीतको निर्माण गरेको सोही टीमले अर्को ‘ढाँचा पा¥यो नभने’ बजारमा ल्याउन लागेको छ। गायक कृष्ण अखेली र सरस्वती लामिछानेको स्वरमा सजिएको उक्त गीत यही कात्तिक पाँच गते बजारमा ल्याउने गरी तयारी भएको छ।
लोकप्रिय रचनाकार शिव अखेलीको लय र शब्द रहेको गीतमा पछिल्लो समय यूवाको रोजाईमा परेका मोडल तथा निर्देशक सुनिल क्षेत्री र भद्रगोलकी कलाकार प्रियना आचार्य (मुन्नि) को अभिनय रहेको छ। सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको गीतको छायांकन दुर्गा पौडेलले गरेका छन्।
पोखराका फेवाताल, फनपार्क, पर्वतको बन्जीजम्प लगायतका ठाउँमा हेलीकप्टर मार्फत नै गीतको म्युजिक भिडियो तयार पारिएको छ। पछिल्लो समयमा नेपाली लोकगीतमा ठूलो लगानी गर्ने क्रम बढेको छ। लोकगीतका म्यूजिक भिडियोमा पनि चलचित्रकै उपकरण र शैली प्रयोग हुन क्रम बढेको बेलामा यो गीतमा पनि त्यस्तै खालका उपकरणहरु दृश्यहरु कैद गरिएको कलाकार अखेलीले बताए। गीतको म्यूजिक भिडियोको छायांकनमा मात्र करिब छ लाख रुपैयाँ खर्च भएको उनको भनाई छ।
उक्त गीत सरस्वती लामिछानेको युट्युव च्यानल मार्फत सार्वजनिक गरिने गायिका लामिछानेले जानकारी दिईन्।
हेर्नुहोस टिजर:

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive