बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026

कबड्डीको मुख्य प्रशिक्षकमा भट्ट नियुक्त

असार १७, २०७८

कञ्चनपुर : जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको कबड्डीको मुख्य प्रशिक्षकमा विष्णुदत्त भट्ट नियुक्त भएका छन्। राष्ट्रिय खेलकूद परिषद्ले भट्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

२०५२ मा सहायक कबड्डी प्रशिक्षक भएका उनी २५ वर्षपछि मुख्य प्रशिक्षक भएका छन्। १८ वर्षअघि उनी कबड्डीको सहायक प्रशिक्षकमा स्थायी भएका थिए। परिषद्ले विश्वास गरी दिएको मुख्य प्रशिक्षकको जिम्मेवारीलाई इमानन्दारिता पूर्वक निर्वाह गर्ने भट्टले बताए।

‘कबड्डी खेलाडी थिएँ, त्यसपछि प्रशिक्षक भएँ, अहिले मुख्य प्रशिक्षक भएको छु,’ उनले भने, ‘यो जिम्मेवारीलाई सीप क्षमता अनुसार इमान्दार भएर बिताउँछु।’

भट्टले कबड्डी खेलको विकास र विस्तारका लागि विद्यालय तहसम्म प्रतियोगिता सञ्चालन गरिने बताए। उनले भने, ‘तल्लो तहसम्म प्रतियोगिता गरी कबड्डीमा आकर्षित गर्छु।’

कबड्डीका मुख्य प्रशिक्षक तारा सिंह भाटले उमेर हदका कारण अवकाश पाएपछि पाँच महिनादेखि मुख्य प्रशिक्षक पद रिक्त थियो। राखेपले त्यहीं रिक्त पदमा भट्टलाई नियुक्त गरेको हो।

विद्यार्थी जीवनदेखि कबड्डी खेल्न थालेका भट्टले तीन एसियन प्रतियोगितामा भाग लिएका छन। उनले सन् १९९० मा बेइजिङ्ग, १९९४ जापान, हिरोसिसमा र १९९८ मा बैंकक थाइल्याण्डको एसियन गेम खेलेका थिए। यसैगरी भारतको कलकत्तामा भएको साप च्याम्पियन सीप र साग गेममा पाँच पटक भाग लिएका छन्। नेपाली राष्ट्रिय कबड्डी टिमको सात वर्ष नेतृत्व सम्हालेका उनले २०६४ मा कबड्डी खेलबाट सन्यास लिएका थिए।

मुख्य प्रशिक्षक भट्टले कबड्डीको विकासका लागि हल्दुखालमा एकेडेमी सञ्चालन गरेका छन्। कबर्ड हलमा कबड्डी प्रशिक्षण केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएका छन्। 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive