बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

काठमाडौं उपत्यकाका यी ठाउँमा लगाइने छ भेरोसेलको दोस्रो डोज

असार १७, २०७८

काठमाडौं : कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत असार २२ देखि २४ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ।

गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दोस्रो खोप लगाइने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

जसअन्तर्गत काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो।

तीन लाख ७० हजार ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए। भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गते मंगलबार बिहान १० देखि अपराह्न ४ बजेसम्म लगाइने छ।

यसैगरी स्वास्थ्य मन्त्रालयले काठमाडौं महानगरपालिकाका वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल, शुत्रलराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रस्तुती तथा स्त्री रोग अस्पताल, काठमाडौं मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शंकरापुर अस्पताल हिमाल अस्पताल, ओम हस्पितछ एण्ड रिसर्थ सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पतालमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने छ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकीमा दोस्रो मात्रा दिइने छ। तारकेश्वर नगरपालिकाका धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकीमा खोप दिइने छ। साथै दक्षिणकाली नागलिकाको शेषनारायण स्वास्थय चौकीलाई खोप केन्द्र तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कीर्तिपुर नगरपालिकाका आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र विष्णु देवी अस्पताल, बुढानिलकण्ठ नागपालिकाका बुढानिलकण्ठ स्वास्थ्य चौकी र करुणा अस्पताल, गोकर्णेश्वर नगरपालिकाका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र अल नेपाल अस्पतालमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने छ।

नागार्जुन नगरपालिकाका राकोट प्राथमिक स्वास्थ्य केन्द्र र इचंगुनारायण स्वास्थय चौकी, चन्द्रगिरी नगरपालिकाका सतुंगल स्वास्थ्य चौकी र सशस्त्र प्रहरी अस्पताल, शंखरापुर नगरपालिकाका लप्सीफेदी स्वास्थ्य चौकी र साँखु स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको अभियान अन्तर्गत भेरोसेल खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive