बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

स्व. पौडेलका साहित्यक कृति सङ्ग्रहको विमोचन

बैशाख २७, २०८०

पर्वत : तिला–श्यामा प्रतिष्ठान चितवनको आयोजना र महेन्द्र शिखिरी मा.वि. बाजुङ, मोदी–५, पर्वतको संयोजनमा स्व.श्यामानन्द पौडेलका साहित्यक कृति सङ्ग्रहको विमोचन तथा श्री श्यामानन्द पौडेल स्मृति नेपाली साहित्य प्रवर्धन अक्षयकोषको घोषणा कार्यक्रम सम्पन भएको छ ।

त्तत्कालिन बाजुङ, वडा नं ९ कालीमाटीमा वि.सं १९९० सालमा भिम प्रसाद पौडेल तथा गौरी देवि पौडेलको कोखमा जन्मनु भएका श्यामानन्द पौडेलले निकै लामो प्रयास पछि आफ्नै गाँउमा वि स २०१९ चैत्र ८ गते विद्यालयको स्थापना गरि पहिलो प्रधानाध्यापकको जिम्मेवारीमा रहि करिव १२ वर्ष सम्म उक्त स्कूलमा अध्यापन गरेका थिए । उनैको सम्झनामा हालको महेन्द्र शिखिरी मा.वि. मा छोराहरु कौशल कुमार पौडेल र बसन्त कुमार पौडेलले तिला–श्यामा प्रतिष्ठान, चितवनको तर्फबाट श्री श्यामानन्द पौडेल स्मृति नेपाली साहित्य प्रवर्धन अक्षयकोषको घोषणा गरेका छन् ।

दुइ लाख रुपैयाको अक्षयकोषबाट बर्षेनि प्राप्त हुने ब्याजबाट महेन्द्र शिखरी मा. वि. तथा बाजुङ मोदी– ५ मा संचालित विद्यालयका विद्यार्थीहरु विच प्रतिस्पर्धा गराई उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्ने उद्देश्य राखिएको छ । हाल नेपाली भाषाको सिकाई तथा प्रवर्धनमा आकर्षण घट्दै गएको अवस्थामा यस्ता कार्यक्रमले नेपाली भाषा तथा साहित्यको विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ । अध्यापनसँगै पौडेलको साहित्य लेखनमा पनि रुचि थियो । उनका स–साना साहित्यिक कृतिहरू एक दर्जन बढी थिए । स्वर्गीय पौडेलकी श्रीमती तिलादेवी पौडेल र निजको संझना गरि छोराहरुको प्रयासमा स्थापित तिला–श्यामा प्रतिष्ठान, चितवनको पहिलो प्रकाशनकारुपमा श्यामानन्द पौडेलका कृति सङ्ग्रहको प्रकाशन भएको छ । दुबै उक्त दुवै कार्यक्रमहरु महेन्द्र शखरी मा.वि. सानो पोखरामा आयोजना गरिएका थिए ।

गण्डकी प्रदेश साँसंद भक्त कुँवरको प्रमुख आतिथ्यतामा कृति सङ्ग्रह विमोचन तथा अक्षय कोष घोषणाको कार्यक्रम सम्पन्न भएका हुन । उक्त कार्यक्रममा मोदी गाँउ पालिकाका अध्यक्ष श्रीमति हिरादेवी शर्मा, मोदी–५ का वडाध्यक्ष श्री मान बहादुर अधिकारी, महेन्द्र शिखरी मा.वि.का प्रधानाध्यापक यम प्रसाद पौडेल, विद्यालयका सल्लाहाकार समितिका संयोजक ताराखर अधिकारी श्यामानन्द पौडेललाई नजिकबाट चिन्ने उनका विद्यार्थीहरु मनबहादुर अधिकारी, जिवन प्रसाईँ, विद्यालयका पूर्व प्रधानाध्यापक रत्नाखर सुवेदी लगायतका अग्रजले बोलेका थिए । शिक्षक लक्ष्मण शर्माको सञ्चालन रहेको कार्यक्रम कृति सङ्ग्रह विमोचन तथा अक्षयकोष घोषणा कार्यक्रममा तिला–श्यामा प्रतिष्ठानका सदस्य बसन्त कुमार पौडैलले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष श्री कौशल कुमार पौडेलले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive