पर्वत : नाकको क्यान्सरबाट पिडित कुश्मा नगरपालिका–३ की अरुणा नेपालीलाई विभिन्न संस्थाको सक्रिययतामा आर्थिक सहयोग गगिएको छ ।
बुधबार कुश्मामा एक कार्यक्रमका विच ३६ हजार रुपैयाँ क्यान्सर पीडित नेपालीको आफन्त अन्जली बोहोरालाई हस्तान्तरण गरिएको लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा कार्की शर्माले जानकारी दिईन । बुहारी ग्रुप अफ नेपाल, इनरह्वील क्लब अफ पर्वत, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतको सक्रियतामा रकम संकलन गरिएको हो ।
नेपालीको आर्थिक अबस्था कम्जोर भएकाले उपचारमा समस्या देखा परेपछि संस्थाका सदस्यहरु तथा नागरिकवाट रकम संकलन गरेर सहयोग गरिएको हो। धेरै रकम उठाउन नसके पनि जति सहयोग गर्न सकियो त्यसले केही न केही सहयेग हुने भएकाले अभियान चलाइएकोे इनरह्वील कल्ब अफ पर्वतका अध्यक्ष खिम माया पाइजा गिरीले बताइन ।
बुहारी ग्रुपको सक्रियता र समन्वयमा यस अंघि विभिन्न असाय, अपाङ्गा दीर्घरोगी विरामीहरुलाई पाँच लाख बढी सहयोग गरिएको बुहारी ग्रुपकी सदस्य गिता घिमिरे बताउँछिन् । समाजमा आइपरेका विभिन्न विपत र पिडाहरुमा आफुहरुले सक्ने सामाजिक कार्य र सहयोग गरिरहने बुहारी ग्रुप अफ नेपालकी अध्यक्ष लक्ष्मी तिवारीले बताइन ।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजिक अभियान्ता ठाकुर रसाईली, लोक दोहोरी गित प्रतिष्ठान पर्वतका पूर्व अध्यक्ष आर.सी पौडेल लगायतको पनि उपस्थिति रहेको थियो ।
‘बुहारी समूह’ को अग्रसरतामा क्यान्सर पीडित अरुणालाई आर्थिक सहयोग
