शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026

पर्वत बस दुर्घटना : १३ जनाको पोखरामा, ३ जनाको कुश्मामा उपचार हुँदै, २ जना डिस्चार्ज

जेष्ठ २३, २०८०

पर्वत : पर्वतमा सोमबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये १३ जनाको पोखरामा र ३ जनाको पर्वत अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार पर्वतको जलजला गाउँपालिका–४ की २४ बर्षिया सिर्जना नेपाली, वडा नं. ४ का २१ बर्षिय एसु बोहरा, मोदी गाउँपालिका–६ का ४८ बर्षिय चेतबहादुर जि.सी र म्याग्दीको धवलागिरि गाउँपालिका–७ की ५० बर्षिया रामशरा परियारलाई पर्वत अस्पतालले थप उपचारको लागि पोखरा पठाएको हो।
यस्तै नौ जनालाई उनीहरूको आफन्तको अनुरोधमा थप उपचारको लागि पोखरा पठाइएको छ। उनीहरू पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २७ बर्षिय शङ्कर परियार, म्याग्दीको मालिका गाउँपालिका–१ की ३० बर्षिया शर्मिला सिर्पाली, वडा नं. ४ का २७ बर्षिया ओमबहादुर बि.क., वडा नं. १ की तीन बर्षिया लक्ष्मी सिर्पाली,  म्याग्दीकै धवलागिरि गाउँपालिका–७ का ३१ बर्षिय नगेन्द्र सुवेदी, वडा नं. ७ की २५ बर्षिया रिता परियार, मंगला गाउँपालिका–१ का २५ बर्षिय कुमार बि.क., वडा नं. २ का ३० बर्षिय प्रेम किसन, बेनी नगरपालिका–४ का ४४ बर्षिय हर्कवीर थापामगर रहेका छन्।
यस्तै म्याग्दीको बेनी नगरपालिका–५ की ७० बर्षिया दिलकुमारी परियार, वडा नं.५ की ३१ बर्षिया कमला परियार र पर्वतको कुश्मा नगरपालिका–५ का ३१ बर्षिय जुल फकामिया मियाको पर्वत अस्पतालमा नै उपचार भइरहेको छ। घाइतेमध्येका दुई जना पर्वतको कुश्मा नगरपालिका–८ बर्षिय कार्तिक नेपाली र वडा नं. ४ की ३३ बर्षिया सोनी नेपाली पर्वत अस्पतालबाट डिस्चार्ज भएका छन्।
म्याग्दी सदरमुकाम बेनीबाट पोखराका लागि छुटेको ना ५ ख ३९९३ नम्बरको बस सोमबार साँझ जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि मध्यपहाडी लोकमार्गमा दुर्घटनामा परेको थियो। घटना लगत्तै बसका चालकलाई  नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि ट्राफिक प्रहरी प्रमुख निउरेले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive