शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026

शनिवार र घटस्थापनामा पनि खुल्दै आर्थरका सामुदायिक विद्यालय

अशोज १२, २०८०

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेका सामुदायिक विद्यालयहरु असोज २७ गते र २८ गते परेको घटस्थापनाका दिनमा पनि खुल्ने भएका छन् ।

विद्यालय शिक्षा विधेयकको बिरोधमा शिक्षकहरुले काठमाण्डौँ केन्द्रित सडक आन्दोलनको कारण असोज चार र पाँच गते  विद्यालय बन्द गरिएका थिए । दुई दिन विद्यालय बन्द हुँदा विद्यार्थीहरुको अध्ययनमा क्षति पुगेकोले क्षतिपूर्तिको लागि बिदाका दिनमा पनि विद्यालय सञ्चालन गर्ने निर्णय भएको आर्थरको शुभकल्याण आधारभू विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गौतमले बताए ।

कुश्मा नगरपालिकाको बार्षिक कार्यतालिका र वडा नं. १४ आर्थरको शैक्षिक कार्यतालिका अनुसार २३ गतेबाट हुने भनिएको दोस्रो त्रैमासीक परीक्षा २५ गतेबाट २८ गते सम्म सन्चालन गर्ने निर्णय भएको छ । बिदाको क्षतिपूर्तिका लागि विद्यालय खुलाउने दिनमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्न लागिएको हो ।

संसदमा दर्ता भएको बिधेयक शिक्षा क्षेत्रलाई नै निरुत्साहित गर्ने व्यवस्था सहित आएकोले शैक्षिक सुधारका लागि विधेयक संसोधन हुनुपर्ने माग सहित शिक्षकहरुले आन्दोलन गरेका थिए । बिधेयकको बिरोधमा सडकमा उत्रिनुपर्ने अवस्था आएकाले शिक्षकहरु आन्दोलित हुनुपर्ने बाध्यता रहेको तर त्यसको घाटा बिद्यार्थी तथा शैक्षिक क्षेत्रमा हुन नदीनको लागि वडाका सबै विद्यालयहरु सञ्चालन गर्ने निर्णय भएको प्रधानाध्यापक गौतमले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive