बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

बेनी ग्याङफाइट प्रकरणमा संग्लन ४ जना पक्राउ

माघ १३, २०८०

म्याग्दीको बेनीमा बिहीबार साँझको ग्याङफाइट प्रकरणमा संग्लन ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दीको धवलागिरी गाउँपालिका–४ का २१ वर्षीय अमृत पुर्जा, रघुगंगा गाउँपालिका–७ घर भइ हाल बेनीको गलेश्वर बस्ने १९ वर्षिय उत्सव पुन, धवलागिरी–४ घर बेनीको न्युरोड बस्ने बस्ने २१ वर्षिय शंकर घर्ती, मंगला गाउँपालिका–२ हाल बेनी बस्ने २३ वर्षिय प्रविन जिसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीको सूचना अधिकारी कुमार गुरुङले बताए ।

बेनी नगरपालिका– ८ क्याम्पसचोकमा भएको ग्याङफाइटमा धारिलो हतियार प्रहार हुँदा रघुगंगा गाउँपालिका– १ बेगका घर भई हाल बेनी नगरपालिका– ८ पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्वुजाको मृत्यु भएको थियो । गम्भीर घाइते सुशिलको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको हो ।

बेनी नगरपालिका– ६ अथुङ्गेका अनुराग शाहीको हातमा चोट लागेको छ । उनको हाल मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । अवस्था सामन्य रहेको प्रहरी निरीक्षक गुरुङको भनाइ छ ।

पक्राउ परेका ४ जना विरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

घटनामा संग्लन अन्यको खोजि भइरहेको प्रहरी निरीक्षक गुरुङले बताए । ‘प्रत्यक्षदर्शीका अनुसार समूहमा धेरै थिए भन्नेछ । अनुसन्धान हुँदैछ’, उनले भने ।

उनका अनुसार यसअगाडिको विवाद समाधानका लागि बोलाएर झनै विवाद चर्किएपछि घटना हत्याको स्थितीमा पुगेको हो । ‘पहिला सामान्य विवाद भएको रहेछ । दूवै पक्षले विवाद सल्ट्याउन भेला हुँदा झन विवाद भएछ’, प्रारम्भिक अनुसन्धानबारे जानकारी दिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive