सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

मगर महोत्सवको भलिबल उपाधि बागलुङको गलकोट नगरपालिकाले जित्यो

फाल्गुन २७, २०८०

पर्वत : तेस्रो राष्ट्रिय मगर महोत्सव अन्तर्गत पर्वतमा आयोजित खुल्ला पालिका स्तरीय प्रतियोगितामा बागलुङको गलकोट नगरपालिका विजेता बनेको छ।
४२ औँ राष्ट्रिय मगर दिवसको अवसरमा पर्वतको पुन क्लबको आयोजनामा ‘खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नाराका साथ भएको भलिबल प्रतियोगितामा पर्वतको कुश्मा नगरपालिकालाई पराजित गर्दै गलकोट विजयी बनेको हो। यससँगै गलकोटले दुई लाख दुई हजार दुई सय बाइस रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ। उपबिजेतामा चित्त बुझाएको कुश्मा नगरपालिकाले एक लाख एक हजार एक सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ।
‘वेस्ट अफ फाइभ’ को आधारमा भएको ‘फाइनल’ खेलमा चार ‘सेट’ खेलिसक्दा तीन ‘सेट’ गलकोटले जितेपछि पाँचौँ सेट नखेल्दै गलकोट विजेता बनेको हो। पहिलो, तेस्रो र चौथो ‘सेट’ क्रमशः २५–१५, २५–१७ र २५–१८ मा गलकोटको पक्षमा पर्दा दोस्रो ‘सेट’ ३१–२९ को नतिजासहित कुश्मा नगरपालिकाले हात पारेको थियो।
प्रतियोगितामा पर्वतकै फलेवास नगरपालिकाले तेस्रो स्थान बनाएको छ। यससँगै उसले ५० हजार एक सय ११ रुपैयाँ हात पारेको छ। फलेवासलाई पर्वतकै बिहादी गाउँपालिकाले ‘वाक ओभर’ दिएको थियो।
यस्तै ७७ हजार पुरस्कार राशि रहेको खुल्ला पालिका स्तरीय पुरुष प्रौढ भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितेको छ। शनिवार नै भएको फाइनल खेलमा पर्वतको कुश्मा नगरपालिकालाई पराजित गर्दै पोखरा भेट्रान्सले ७७ हजार सात सय ७७ रुपैयाँ प्राप्त गरेको छ।
‘वेस्ट अफ फाइभ’ मा भएको प्रतिस्पर्धामा पहिलो, तेस्रो र पाँचौँ सेट पोखराले जित्दा दोस्रो र चौथो सेट मात्रै कुश्मा नगरपालिकाले जितेको हो। पोखराले पहिलो सेट २५–१६ मा, तेस्रो सेट २५–१९ र पाँचौँ सेट १५–१० जित्यो भने कुश्माले दोस्रो सेटमा २५–१७ मा र चौथो सेटमा २५–१९ मा जितेको हो। उपबिजेता बनेको कुश्मा नगरपालिकाले पुरस्कारको रूपमा ४४ हजार चार सय ४४ रुपैयाँ पाएको छ।
खुल्ला महिला भलिबल प्रतियोगितातर्फ कुश्माको टोली विजेता बनेको छ। फाइनलमा पुन ट्रेनिङ सेन्टरलाई पराजित गर्दै ले उपाधि जितेको हो। जीतसँगै कुश्माले पुरस्कार स्वरूप ५५ हजार पाँच सय ५५ रुपैयाँ पाएको छ भने उपबिजेता बनेको पुन ट्रेनिङ सेन्टरले ३३ हजार तीन सय ३३ रुपैयाँ पाएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive