शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

आफ्नो लोगोको दुरुपयोग गर्दै रकम समेत उठाएको एनआरएनएको दाबी

फाल्गुन २७, २०८०

नन रेसिडेन्ट नेपाली एशोसिएसन (एनआरएनए) क्यालीफोर्निया अमेरिकाले आफ्नो लोगोको दुरुपयोग गर्दै आर्थिक सङ्कलन समेत गरेको भन्दै कारबाहीको चेतावनी दिएको छ।
अध्यक्ष माधव मरासिनीद्वारा जारी विज्ञप्तिमा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषदहरुले आफ्नो संस्थाको नाम र ट्रेडमार्क लोगो प्रयोग गरी विभिन्न गतिविधि गरेकोमा ध्यानाकर्षण भएको उल्लेख छ। आफ्नो संस्थाको लोगो राखेर विभिन्न कार्यक्रम आयोजनाको नाममा आर्थिक सङ्कलन गरिरहेको पाइएको यसबाट सचेत रहन एनआरएनएले अनुरोध गरेको छ।
‘हाम्रो संस्थाको लागो राखी विभिन्न कार्यक्रम आयोजनाको नाममा आर्थिक सङ्कलन समेत गरिरहेकोले विश्वभरिका नेपाली सं३ संस्था साथै सम्पूर्ण नेपालीमा सचेत रहनु हुनका लागि हार्दिक अनुरोध गर्दछौँ’, विज्ञप्तिमा लेखिएको छ, ‘एनआरएनएले नेपालमा अस्पताल सञ्चालनको तयारी बाहेक अरू कुनै पनि कार्यक्रमको आयोजनाको तयारी नगरेको स्पष्ट पार्न चाहन्छौँ। सम्बन्धित निकायद्वारा दर्ता ट्रेडमार्क लोगो आधिकारिक एक मात्र यस एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएन रहेको सम्पूर्ण नेपालीमा विज्ञप्तिमार्फत अनुरोध गर्दछौँ।’
संस्थाको लोगो र नाम प्रयोग गरेर कसैले पनि गतिविधि नगर्न तथा नगराउन पनि विज्ञप्तिमार्फत नै ध्यानाकर्षणसहित सचेत गराउँदै एनआरएनएले लोगोको दुरुपयोगले विश्वभर छरिएका नेपालीमा पर्न जाने असहज परिस्थिति र क्षतिको जिम्मेवार अनाधिकृत रूपमा नाम र लोगो प्रयोग गर्ने व्यक्ति र संस्था नै हुने अध्यक्ष मरासिनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive