बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

मर्मतका लागि कुश्मा कैया झोलुङ्गे पुल बन्द

पर्वत : पुलमा आवश्यक मर्मत गर्नुपर्ने भएपछि पर्वतको कुश्मा नगरपालिका स्थित बडागाउँबाट बागलुङको कैया जोड्ने पुल फागुन २७ गते आइतबारदेखि बन्द हुने भएको छ ।
निर्माण पूरा भएपछि राम्रोसँग मर्मत नपाएको पुलमा देखिएका समस्या समाधान गर्दै सुरक्षित बनाउनको लागि मर्मतको काम थालिएको हो । ममर्तका लागि कति दिन लाग्छ भन्ने यकिन नभएकोले केही दिनसम्म पुल बन्द रहने स्थानीयले बताएका छन् ।
पुल प्रयोग गर्न नपाउँदा बलेवा र कैयाबाट कुश्मामा तरकारी, दूध निर्यात गर्ने व्यवसायी तथा अन्य कामको शिलशिलामा आवतजावत गर्नेहरुलाई केही समस्या हुने भएको छ ।
पुल मबन्द रहेको अवधिमा बैकल्पिक सडकको रुपमा कैयाबाट फलेवास नगरपालिकाको मुडिकुवा जोड्ने झोलुङ्गे पुल हुँदै कुश्माबाट सिर्सुवा जोड्ने अर्को झोलुङ्गे पुलबाट कुश्मा आउजाउ गर्न सकिने छ ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive