पर्वत : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्वतको आयोजना तथा ऐरावती पब्लिकेशन प्रा.लि.को संयोजनमा कुश्मामा नेपाली भाषा शिक्षणबारे कार्यक्रम सम्पन्न भएको छ ।
कुश्माको राष्ट्रिय बाल शिक्षा सदन आवासीय माध्यमिक विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नेपाली विषय अध्यापन गर्ने शिक्षकहरूको लागी नेपाली भाषा शिक्षण, पाठ्यक्रम विमर्श तथा सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न भएको हो ।
जिल्लाका विभिन्न विद्यालयका ५५ जना शिक्षकहरू सहभागी उक्त कार्यक्रममा वरिष्ठ कवि, समालोचक तथा लेखक प्राध्यापक डाक्टर देवी नेपालले सहजीकरण गरेका थिए । प्याब्सन पर्वतका अध्यक्ष श्रीराम पराजुलीको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्दिमराज पौडेलेको प्रमुख आतिथ्यता, ऐरावती पब्लिकेशनका प्रबन्ध निर्देशक आनन्द तिवारीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कुश्मा नगर प्याब्सनका अध्यक्ष थानेश्वर ढकालले राखेका थिए भने कार्यक्रमको सञ्चालन प्याब्सन पर्वतका सचिव विष्णु प्रसाद सुबेदीले गरेका थिए ।
ऐरावती प्रकाशनले कार्यक्रमको संयोजन गरेकोमा आभार व्यक्त गर्दै प्याब्सन पर्वतले आगामी दिनमा पनि शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर वृद्धिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको प्याब्सन पर्वतका सचिव सुवेदीले बताए ।
प्याब्सन पर्वतको आयोजनामा नेपाली भाषाबारे कार्याशाला सम्पन्न
