बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

गुरुकुल एकेडेमी कुश्माको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न

पर्वत गुरुकुल एकेडेमी कुश्माको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश एवं पुरस्कार वितरण कार्यक्रम आज एक समारोहका विच सम्पन्न भएको छ । उक्त अवसरमा विद्यालयमा कक्षागत रुपमा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण, शिक्षक सम्मान, राष्ट्रपति रनिङशिल्डमा उत्कृष्ठ भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
यस्तै कुश्मा नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने सवारीका चालक कुमार नेपाली, विद्यालयका सवारीचालक लोकराज गिरी, अभिभावकहरु लाई सम्मान गरिएको छ । कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
रिजालले शैक्षिक विकास विना मुलुकको विकास हुन नसक्ने बताउनुभयो । उहाँले विद्यालयहरुको गुणस्तरीय विद्यार्थी उत्पादन गर्नुपर्ने उल्लेख गर्नुभएको छ । अहिले प्रतिष्पर्धाको जमाना रहेकाले विद्यालयले युग सुहाउँदो शिक्षा दिनुपर्ने रिजालले बताउनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षक समन्वय इकाईका प्रमुख उदिमराज पौडेल, कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुबेदी, विद्यालयका पूर्व अध्यक्ष मीनप्रसाद श्रेष्ठ, शेयर सदस्य शालिग्राम पौडेल, प्याव्सन पर्वतका अध्यक्ष श्रीराम पराजुली, विद्यालय खेल संयोजक राम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालयको वार्षिक प्रतिबेदन प्रिन्सीपल उज्वल अधिकारी, स्वागत शिक्षक तारादेबी गुरुङ र सञ्चालन शिक्षक ओमकार गिरीले गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपुवावु गिरीको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive