मङ्ल, चैत्र ३, २०८२
Tue, March 17, 2026

पर्वतमा डेंगु सङ्क्रमितहरुको सङ्ख्या झण्डै चार सय नजिक

भदौ १३, २०८१

पर्वत : पर्वतमा डेंगु सङ्क्रमितहरुको सङ्ख्या झण्डै चार सय नजिक पुग्न लागेको छ ।
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार मङ्गलवार दिउसोसम्मको तथ्याङ्क अनुसार जिल्लाका कुल तीन सय ६९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । गत साउन एक गतेदेखि भदौ ११ गतेसम्मको करिब डेढ महिनाको अवधिमा ती व्यक्तिहरु सङ्क्रमित भएको र सङ्क्रमण फैलिने दर तीब्र रहेकाले सावधानी नअपनाए झनै जोखिम बढ्दै जाने उनको भनाई छ ।
तथ्याङ्क अनुसार सबैभन्दा बढी कुश्मा नगरपालिकाका दुई सय ९६ जना सङ्क्रमित भएका छन् । यस्तै मोदी गाउँपालिकाका ११ जनामा, जलजला गाउँपालिकाका नौ जनामा, फलेवास नगरपालिकाका २६ जनामा, महाशिला गाउँपालिकाका एक जनामा, बिहादी गाउँपालिकाका चार जनामा, पैयूँ गाउँपालिकाका छ जनामा र अन्य जिल्लाबाट आएकाहरु १६ जनामा डेंगुको सङ्क्रमण भएको छ ।
सङ्क्रमित भएकामध्ये ५१ प्रतिशत अर्थात एक सय ८९ जना महिला र ४९ प्रतिशत अर्थात एक सय ७९ जना पुरुष रहेका छन् । घर आसपासमा रहेको फोहर, झाडी, नहल्लिने गरेर जमेको पानीलगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा सङ्ख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगुको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले सचेत हुन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने चिकित्सहरूको सुझाव छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive