बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

कुश्माका शिक्षक र विद्यार्थीबिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न 

मंसिर १०, २०८१

पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा शिक्षक तथा विद्यार्थीहरूको प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत सोमबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

नगर स्तरीय प्रतियोगिताबाट छनोट गरेर जिल्ला स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गराउने कुश्मास्थित राष्ट्रिय बाल शिक्षा सदन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा प्रतियोगिताको आयोजना गरिएको हो । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले प्रदेशका ११ वटै जिल्लाहरुमा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सोमबारको कुश्मा नगरपालिका स्तरीय प्रतियोगिताबाट शिक्षक वक्तृत्वकला प्रतियोगितामा राष्ट्रिय बाल शिक्षा सदनकी शिक्षक मिना खड्का प्रथम, नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयकी पूर्णिमादेवी खत्री द्धितिय र जनता सुदर्शन माध्यमिक विद्यालय ठूलीपोखरीका शिक्षक कृष्ण प्रसाद लामिछाने तृतीय भएका छन् ।

यस्तै विद्यार्थीतर्फको प्रतियोगितामा नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयकी छात्रा सजता गिरी प्रथम, कालीगण्डकी एकेडेमी कुश्माकी छात्रा बिनिशा क्षेत्री द्धितिय र विश्व ज्योति माध्यमिक विद्यालय पकुवाका छात्र शिव प्रसाद सुवेदी तृतीय भएका छन् । प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरूलाई सोही कार्यक्रममा नगद पुरस्कार समेत प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चापागाईँले शिक्षकले विद्यार्थीको केन्द्रबिन्दुमा रहेर काम गरेको अवस्थामा मात्रै शैक्षिक गुणस्तर कायम हुने बताए । शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी लगायतका कार्यक्रमहरूले विद्यार्थीहरूको क्षमतामा निखार आउने भए पनि त्यस्ता कार्यक्रमहरू भने सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । विद्यार्थीको काम पढ्नु र लेख्नु मात्रै नभएर आफूभित्र लकेको प्रतिभालाई बाहिर ल्याउनु पनि भएको भन्दै कार्यालय प्रमुख चापागाईँले त्यसैका लागि यो कार्यक्रमको आयोजना गरिएको बताए ।

यस्तै कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले नगरभित्र रहेका पाँच सय शिक्षकहरूमध्येबाट केही शिक्षकहरुले मात्रै भाग लिनु नै साहसिक कुरा भएको बताए । एक पटक सिकिएको कुरा छिट्टै बिर्सिने भएकोले पटक पटकको अभ्यासबाट मात्रै स्मरणमा राख्न सकिने उनको भनाइ छ । अबको युगमा शैक्षिक योग्यताको प्रमाणपत्र भन्दा व्यक्तिमा भएको व्यवहारिक सीपको महत्त्व बढी हुँदै गइरहेको भन्दै शाखा प्रमुख तिवारीले विद्यार्थीहरूलाई पनि प्रविधिमा अगाडि बढ्न अनुरोध गरे ।

तिवारीकै अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षा अधिकृत दीपक सुवेदीले राखेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive