बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

पर्वत जेसिजमा संसदीय बैठक प्रणाली तालिम सम्पन्न

माघ २६, २०८१
पर्वत : पर्वत जेसिज वर्ष २०१५ का पदाधिकारी तथा सदस्यहरूको दक्षता अभिवृद्धि गर्नका लागि संसदीय बैठक प्रणाली तालिम सम्पन्न भएको छ ।
पर्वत जेसिजको सचिवालयमा आयोजित कार्यक्रम पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा भएको हो । संसदीय बैठक प्रणालीको बारेमा प्रमुख अतिथि बागलुङ जेसिजका पूर्व अध्यक्ष तथा नेपाल जेसिज वर्ष २०१४ का राष्ट्रिय कानुनी सल्लाहकार सुदीप राजभण्डारी, तालिम प्रतिष्ठान संयोजक अर्जुनप्रसाद चापागाईँ तथा वसन्त कुमार कर्माचार्यले संसदीय बैठक प्रणाली, निर्णय प्रक्रियाको पारदर्शिता, प्रभावकारी छलफल र संस्थागत संरचनाबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा मातृ शाखा बागलुङका शाखा अध्यक्ष, म्याग्दी जेसिजका अध्यक्ष, पूर्व जेसिज अध्यक्षहरू, जेसिज बोर्ड २०२५ का सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजन मञ्जु शर्माले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन वर्ष २०२५ का महासचिव प्रवेशराज पुरीले गर्नुभएको थियो । जेसिज सदस्यहरूको उत्साहजनक उपस्थिति तथा सक्रिय सहभागिताले कार्यक्रम प्रभावकारी बनेको तथा ज्ञान आदानप्रदान र अनुभव साझेदारीका हिसाबले पनि कार्यक्रम महत्पूर्ण रहेको पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेलले बताउनुभयो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive